
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ चैत । झापा र मोरङमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका(३ घर भई हाल झापाको गौरादह नगरपालिका(५ बालुबथान बस्दै आएकी ५४ वर्षीय दुधकुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्यारएको थियो । यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङले लाग्दा साइकल कुदाइरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक…
झापा, २८ चैत । झापाको कनकाई नगरपालिकाका दुई सय तीन जना महिलालाई सुत्केरी पोषण सामग्री वितरण गरिएको छ । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षको फागुन महिनासम्म नगरभरिका दुई सय तीन जनालाई पोषण सामग्री वितरण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सुत्केरी पोषण वापत रू तीन हजार प्रदान गरिएको उहाँले बताउनुभयो । नगरमा पहिलो पटक एक हजार एक सय ७५ जना गर्भवतीले गर्भ जाँच गराएका छन् भने नेपाल सरकारको प्रोटोकल अनुसार आठ पटक तीन सय आठ जनाले गर्भ जाँच गराएका छन् । नगर अस्पतालबाट चालू आवको साउनदेखि हालसम्म ४५ जना महिलाले सामान्य सुत्केरी…
झापा, २८ चैत । सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मनुभएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँड्नुभएको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उहाँले शिक्षा दिनुभएको छ ।
मोरङ, २८ चैत । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाएका छैनन् । पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो । त्यही कारण त्यहाँका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ ।…
डोटी, २८ चैत । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् । यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र…
झापा, २८ चैत । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक…
चन्द्र बस्नेत चारआली, २७ चैत । झापा मेचीनगरको चाराआली स्थित पाउ पाथीभरा मन्दिर परिषरमा गत १७ आईतबारबाट आज बुधबार २७ गतेसम्म लगाइएको एघार दिवसीय शिव महापुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ। पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा लगाइएको एघार दिवसीय शिव महापुराण ज्ञान महायज्ञ २७ गते आज बुधबार सम्पन्न भएको हो । गत १७ गते आईतबार देखी लगाइएको महायज्ञ स्थलमा सम्पुर्ण धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि , जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख सम्म त्यस्तै आमा समूह , महिला समूह,भजनकृतन मंडली , उद्योगी –ब्यापारी , शिक्षासेवी, विद्यार्थी , पन्च कन्या , विभिन्न गुरुकुलका महानुभावहरु लाखौंको संङ्ख्यामा…
झापा, २७ चैत । आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले यस अवधिमा निर्यात बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा,…
झापा, २७ चैत । नेपालले सहज जितसहित चार देशीय टी–२० सिरिज सुरुआत गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । अर्का ओपनर आसिफ शेखले ३३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याएका हुन् । त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर…
झापा, २७ चैत । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो । कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पर्यटनको समृद्ध वर्षका लागि कोशी प्रदेश पर्यटन वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटनका नीति, गन्तव्य निर्माणका लागि पर्यटन वर्ष सुरु गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष…