काठमाडौं । सशस्त्र प्रहरी बलले संखुवासभा चैनपुरमा रहेको अरुण गुल्मको गाडीमा अवैध काठ ओसारपसार भएको विषयमा छानबिन समिति गठन गरेको छ । अरुण गुल्मको गाडीमा काठ लगिएको अवस्थामा धनकुटामा सशस्त्र प्रहरीले नै पक्राउ गरेको घटनाको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो । जसको सदस्यमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना छन् । गुल्मले गाडीमा अवैध रुपले काठ राखेर अन्यत्र लैजान लागेको भन्ने जानकारी पाएपछि यस घटनालाई प्रधान कार्यालयले गम्भीरतापूर्वक लिँदै छानबिन समति गिठन गरेको जनाएको छ ।
Read More