झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २० फागुन । बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सोमबारदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य जगतबन्धु राजवंशी, निर्मला ल्वागुन लगायत जनप्रतिनिधि र कर्मचारीहरुले खादा र टिका लगाएर स्वागत गर्नु भयो । स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान…

Read More

झापा, २० फागुन । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । त्यस्तै लुम्बिनी प्रदेशको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ। आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। त्यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावनासमेत छ। ‘वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन,…

Read More

शिवसताक्षी, २० फागुन । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्वन्धमा छलफल चलिरहेको छ । नगरका वडा नं. १, २, ३ र ८ नम्बर वडामा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो । सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, सहकारी, निजी विद्यालय, होटल व्यवयसायी, ठेक्केदार तथा ढवानी व्यवसायी, उद्यमी, व्यवसायिक किसान, बैदेशिक रोजगार सम्बद्ध सरोकारवाला, रिटर्नी संस्थाका प्रतिनिधि, बुद्धिजिवी र अन्य व्यवसायीहरुसँग छलफल गरेको रोजगार सेवाकन्द्रका प्रमुख विदुर तिम्सिनाले जानकारी दिए । रोजगार सेवा केन्द्रका प्रमुख बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए । ४…

Read More

कनकाई, १९ फागुन । प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार राति विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३ ० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गत भएको प्रतियोगितामा झापाले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता पाँचथरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। प्रतियोगिताका लागि सहभागी टिममा कनकाई नगरपालिकाका नौ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा कनकाईकी जेनिफर मगरले प्लेयर अफ द टुर्नामेन्ट र हाइ स्कोरर घोषित हुँदै २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, कनकाई सिम्रन राई बेस्ट मिड…

Read More

मोरङ, १९ फागुन । उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका–७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल–१ सय २०, स्पास्पेन–१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल–७३ चक्की, स्पास्पेन–८० चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट…

Read More

मोरङ, १९ फागुन । संखुवासभा खाँदबारी–९ सालघारी स्थितमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार १ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्ला प्युठान सोमद्धार नगरपालिका– १ का २६ बर्षीय एकम अधिकारी रहेका छन् । फागुन १८ गते राती खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १.०२.०५३ प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका अधिकारी घाईते भएकोमा उनलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक धर्मदेवी नगरपालिका(६ हुम्जुङका २५ बर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ ।

Read More

काठमाडौं, १९ फागुन । सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ। आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ । इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो। गत वर्ष पहिलो पटक आहा रारा…

Read More

एजेन्सी, १९ फागुन । ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् । यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै ब्राजिलियन फिल्म आई एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको…

Read More

क्यारोलिना, १९ फागुन । आइतबारदेखि उत्तर र दक्षिण क्यारोलिनामा जंगलमा डढेलो फैलिएको छ। तीव्र हावा चलिरहेको बेला आगो नियन्त्रण गर्न टोलीहरू निरन्तर संघर्ष गरिरहेका छन्। आगलागीको बढ्दो खतराका कारण राष्ट्रिय मौसम सेवाले केही क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। समुद्र तटका अधिकांश भागहरूमा आपत्कालीन आश्रयहरू स्थापना गरिएको छ। आगलागीपछि आइतबार आपत्कालीन अवस्था घोषणा गरिएको थियो। मिडिया रिपोर्टका अनुसार आइतबार बिहान १० बजेसम्म दक्षिण क्यारोलिनामा लागेको डढेलोले लगभग १,२०० एकड जमिन जलेको थियो। राष्ट्रिय मौसम सेवाले जर्जियादेखि न्यु जर्सीसम्म डढेलोको चेतावनी पनि जारी गरेको छ। बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै, दक्षिण क्यारोलिनाको गभर्नर हेनरी म्याकमास्टरले आपत्कालीन अवस्थाको घोषणा गरेका थिए। यस…

Read More

काठमाडौँ, १९ फागुन । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्लाचनका लागि आज संगठन दर्ता हुँदैछ। आज देशभरका क्याम्पसहरु विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ। २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ। २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ। २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा…

Read More