झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ जेठ । झापामा विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब ११ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि जेठ ७ गतेसम्मको अवधिमा रू १० करोड ८० लाख ६४ हजार छ सय ६४ बराबरको अवैध समान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो । झापाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्स लगायतका सामान बरामद गरी सम्बन्धित निकायमा दाखिला गरिसकिएको उहाँले बताउनुभयो । त्यस्तै, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप झापाका चार स्थानमा खनेपानी व्यवस्थापन, धार्मिक तथा पर्यटकीयस्थल सरसफाई…

Read More

बैतडी, ९ जेठ । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

Read More

बिर्तामोड, ९ जेठ । रोटरी क्लब अफ बिर्तामोडले आफ्नो स्थापना दिवसको अवसर पारेर बहु आयामिक सामाजिक व्यक्तित्व विनोद बस्नेतको स्मृतिमा वृक्षारोपण र रक्तदान शिविरको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष २८ मका दिन मनाइँदै आएको रोटरी चार्टर डेको अवसरमा यस वर्ष क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार बस्नेतको अकल्पनीय निधनले स्तब्ध रोटेरियनहरूले पृथक रुपमा मनाउने निर्णय गरिएको क्लब सेकरेटरी डा सन्ध्या राठीले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत जेठ १४ गते बिहान विराटपोखरस्थित विराट–भरत विश्रान्ती आश्रम परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिने छ भने बिर्ताबजारस्थित दुर्गा मन्दिर परिसरमा स्थानीय संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिने क्लब प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले बताउनुभयो…

Read More

झापा, ९ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ…

Read More

झापा, ८ जेठ । झापाको शिवसताक्षी नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । शिवसतक्षी–६ शिवगञ्जका परमानन्द साहले लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनको घरमा गएर चेकजाँच गर्ने क्रममा प्लास्टिक बाहेक २ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । साहको ओछ्यानको सिरानी मुनि खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकले बेरेर लुकाएर राखेको ४६ पोका लागुऔषध ब्राउनसुगर फेला परेको थियो । लागुऔषध र परमानन्द साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, ८ जेठ । बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न प्रकारका मेसिन वितरण गरेको छ । कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन र ५० प्रतिशत अनुदानमा ६२ वटा इलेक्ट्रिक स्पेयर वितरण गरिएको हो । ९ लाख २४ हजार मुल्य बराबरको कृषि सामग्रीमा किसानले ३ लाख ४५ हजार ५ सय रुपैयाँ लगानी गरेका छन् भने नगरपालिकाले ५ लाख ७८ हजार ५ सय रुपैयाँ लगानी गरेको कृषि विकास शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिनुभयो । नगरपालिकाले हरेक वर्ष आधुनिक कृषि प्रविधि वितरण गर्दै आएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषि क्षेत्रमा…

Read More

भद्रपुर, ८ जेठ । मान्छेको दाहसंस्कार स्थलमा समेत राजनीति गर्ने प्रवृत्ति देखिदा भद्रपुर १० चन्द्रगढ उत्तर देउनिया खोलामा निर्माण थालिएको मोक्षघाट निर्माण हुने नहुने अलपत्र बनेको छ । नेकपा एमाले सम्बद्ध केही व्यक्तिहरूले चन्द्रगढी सामुदायिक वन समूहको अगुवाइमा निर्माण थालिएको चन्द्रगढ मोक्षघाट निर्माणमा अवरोध गरेपछि निर्माण हुने नहुने अवस्थाले अलपत्र परेको हो । मोक्षघाट निर्माण स्थल सुन्दर सामुदायिक वन समूह विर्तामोड ७ को क्षेत्रमा परेको कारण देखाउँदै नेकपा एकालेका तर्फबाट समूहको पछिल्लो निर्वाचनमा उम्मेदवार रहेका बद्री प्याकुरेलको एक समूहले मोक्षघाट शिलान्यास कार्य समेत अवरोध गरेको थियो । त्यसपछि निर्माण समितिले पटक पटक वार्ताका लागि बोलाएपछि नेकपा एमाले विर्तामोड नगर अध्यक्ष…

Read More

झापा, ८ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वाटर झापाले १८ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सप्रनामनि कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो । समारोहमा प्रमुख अतिथिसहित अन्य अतिथिहरुले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा कर्तव्य पालनको सिलसिलामा दिवंगत भएका स्व. सोम बहादुर तामाङ्गको परिवारलाई विशेष सम्मान तथा एकाउन्न हजार नगद समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैशाख महिनामा उत्कृष्ट हुने मासिक जवान लगायत अन्य क्रियाकलाप तथा खेल…

Read More

दमक, ८ जेठ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन), दमकको आयोजनामा एक दिने गणित प्रयोगशाला सम्पन्न गरिएको छ । कार्यक्रम दमक–६ स्थित सूर्योदय विद्यालयमा आयोजना गरिएको हो । गणित सिकाइलाई प्रयोगात्मक, रोचक र प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यशालामा दमक क्षेत्रका विभिन्न निजी विद्यालयका गणित शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशाला दुई चरणमा—प्राथमिक र माध्यमिक तहका शिक्षकहरूलाई लक्षित गरी—सञ्चालन गरिएको थियो । गणित प्रयोगशालामा प्रशिक्षक दयामान श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । उहाँले गणित विषयलाई व्यवहारमा आधारित सिकाइमार्फत सजिलो, मनोञ्जनात्मक र दीगो बनाउन सकिनेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्याबसन कोशी प्रदेशका सल्लाहकार एल.डि. राई उपस्थित हुनुहुन्थ्यो…

Read More

झापा, ८ जेठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरिएको छ। उनी नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका थिए र सुटकेशमा गाँजा भेटिएपछि नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।लागुऔषधि नियन्त्रण ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ।

Read More