झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। लक्षणहरू – भिटामिन डीको कमी भए थकान महसुस हुने बिस्तारै हड्डी कमजोर हुदै जाने मांसपेशी दुख्ने बाउडिने डिप्रेशन मधुमेह उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्। कसरी जोगिने – बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन,…

Read More

नयाँ दिल्ली, ८ जेठ । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा सम्बन्धित अधिकारीहरूलाई राहत कार्य पूर्ण रूपमा छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताएको छ । बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन् । राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारी साधनमा…

Read More

काठमाण्डौ, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर विभिन्न निकायहरूको सिफारिशमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञेश्वर निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै काठमाण्डौ महानगरपालिका–१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । सल्यानको लेख पोखरा–६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य…

Read More

झापा, ८ जेठ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

चन्द्र पन्दाकताप्लेजुङ, ८ जेठ । बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो । सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार अवरुद्ध राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो । बिहान सबेरैदेखि सडक डिभिजनको एक्साभेटर, ब्याक हो लोडर ९जेसिभी० लगायतको उपकरण प्रयोग गरी हेवाखोलामा आएको बाढीले क्षति गरेको ह्युमपाइप मर्मत गरेपछि राजमार्ग खुलेको बरालले जानकारी दिनुभयो । इन्जिनियर बरालका अनुसार बाढीले क्षति गरेको ह्युमपाइप र सडक मर्मतपछि…

Read More

भद्रपुर, ८ जेठ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव…

Read More

झापा, ७ जेठ । झापाको बुद्धशान्तिमा हात्ती मृत फेला परेको छ। आज दिउँसो बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ पाँच पोखरी सामुदायिक वनमा भाले हात्ती मृत फेला परेका हो। बिगत लामो समय देखि बिरामि रहेको जंगलि भाले (दँतार) हात्ति मरेको भन्ने खवर अस्थाई प्रहरी चौकि मंगलबारेमा जनाकरी प्राप्त हुन साथ तत्काल अस्थाई प्रहरी चौकि मंगलबारेबाट प्रहरि टोलि खटि गई घट्ना स्थल सुरक्षित राखेको र डिभजन वन कार्यालय झापालाई खवर गरी वन कार्यालयको टोलि आई मुचुल्लका गर्ने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ७ जेठ । झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र २१ वर्षीया छोरी सिम्रन प्रसाई छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले राति २:३० बजे छापा मार्दा उनीहरूबाट ५ मोबाइल, २ ट्याब र १ ल्यापटप बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

Read More

अर्जुनधारा, ७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा झापाकै उत्कृष्ट भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको अनुगमन तथा निरीक्षणका क्रममा आधारभूत  नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रममा शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट भएको हो ।  शनिश्चरे अस्पतालले ७० प्रतिशत एमएसएस स्कोर प्राप्त गर्न सफल भएको र झापामा सञ्चालित आधारभूत अस्पताल मध्ये उक्त अंक उत्कृष्ट भएको स्वास्थ्य कार्यालय झापाका जन स्वास्थ्य निरिक्षण विश्वनाथ श्रेष्ठले बताउनुभयो । झापाका पाँच पालिकाका आधारभूत अस्पतालको निरीक्षण भइरहेको उहाँले बताउनुभयो । जसमध्ये गौरीगञ्ज, कनकाई, बिर्तामोड र अर्जुनधाराको शनिश्चरे आधारभूत अस्पतालको अनुगमन गरिएको र…

Read More

झापा, ७ जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम…

Read More