झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ३ फागुन । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो । जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए । पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा…

Read More

भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन् । प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जीप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । ज्यान गुमाउनेहरु जीपका यात्रु रहेका प्रहरीको भनाइ छ । घाइते सबै बसमा रहेका यात्रु हुन् । बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन् । दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान…

Read More

झापा, ३ फागुन । दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागि ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ शुक्रबार सुरु भएको छ । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिने सम्मेलनको उद्घाटन अवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए । क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनले बताए । उनले क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्न मिडियालाई आग्रह गरे । सम्मेलनका अध्यक्ष एवम्…

Read More

नवलपरासी, १ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालसम्म…

Read More

झापा, १ फागुन । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ

Read More

बिर्तामोड, १ फागुन । नगरमै पहिलो पटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ‘भवनको पहिलो तला निर्माण करिब अन्तिम चरणमा पुगेको छ,’ निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद (कमल) उप्रेतीले भने, ‘झ्याल ढोका फिटिङ र रंग रोकन बाहेक अन्य काम लगभग सकिएको छ ।’ सो क्षेत्रमा दुई बर्ष अघि राधिका दासीको प्रमुख वाचकत्वमा आयोजित सप्ताह पुराणमा संकलित रकमबाट कर्मयोग भवनका लागि सवा सोह्र धुर जग्गा खरिद गरि कर्मयोग भवन निर्माणको काम अघि बढाइएको पुराण…

Read More

मोरङ, १ फागुन । इलाम र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ३० गते बिराटनगर महानगरपालिका–१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १.०२.०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे–१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको…

Read More

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो । माओवादीले समुदायतर्फ फर्कँदै नागरिकका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र नागरिकसँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डको भनाइ छ । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि नागरिकले महसूस गर्नेगरी उनीहरूको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी…

Read More

झापा, २९ माघ । इलाम सूर्योदय– ११ सुन्तले संयुक्त टोल बस्ने ५० वर्षीय धनराज राईको हत्या भएको आशंकामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजिव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई र उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राई रहेका छन् । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान…

Read More

धूमपान : धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ । अत्यधिक रक्सी सेवन : बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ । आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । बंशाणुगत कारण : पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ । हर्मोन समस्या : पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो ।…

Read More