
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ४ फागुन । एप्पलको सस्तो मोडेल भनेर चिनिएको आइफोन एस–इ४ आगामी बुधबार अर्थात् फेब्रुअरी १९ मा सार्वजनिक हुने भएको छ। कम्पनीका सिइओ टिम कुकले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन्। टिमले लेखेका छन्, एप्पल परिवारको नयाँ सदस्य फेब्रुअरी १९ मा सार्वजनिक हुँदैछ। एप्पलको एआई फिचर एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने यस फोनको डिजाइन आधुनिक हुने बताइएको छ। यस आइफोनमा पहिलो पटक ओएलइडी प्यानल देख्न सकिनेछ। साथै यसमा ६।१ इन्चको प्यानल हुने अनुमान गरिएको छ। रिफ्रेश रेट ६० हर्ज मा नै रहने सम्भावना छ, जुन २०२५ को फोनको लागि पुरानो जस्तो लाग्नेछ। यो आइफोन कालो, सेतो…
सुनसरी, ४ फागुन । ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ । मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्थुङचुङलुङका उपाध्यक्ष पदम लिम्बुमाथि कालोमोसो दलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए । केलबकार बनाउने विषयमा लिम्बुले सामाजिक सञ्जालमा लेखेको र भाषण गरेपछि उनीमाथि कालोमोसो दलिएको प्रहरीले जनाएको छ । उद्यपी लिम्बुले अबदेखी केबलकार निर्माणको पक्षमा नबोल्ने बताएपछि उनलाई छाडिएको प्रहरी निरीक्षक अधिकारीले बताए । अहिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा विवाद छ ।
कोकिला ढकालइलाम,४ फागुन । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी )खेलाडी) ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । ‘सबै विधाका खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा गराइनेछ, प्रतियोगितामा विद्यालय सम्बन्धित…
तपाईँको दाँतमा किरा लागेको छ ? छैन ? छैन भने ठिकै छ । यदीे छ भने त बेला बेलामा दुखाईको अनुभव पनि लिइरहनु भएको छ होला ? तपाईँ मात्रै होइन नेपालमा झण्डै ८० प्रतिशत बढी मानिसहरु दाँतमा किरा लाग्ने समस्याबाट ग्रसित छन् । दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छौ । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा…
झापा, ३ फागुन । चारआलीमा बन क्षेत्र अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा भएको विवादमा आज दिउँसो एक महिला पक्राउ परेकी छन् । मेचीनगर–१३ चारआलीमा प्रगति सामुदायिक बनको क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजारका १८ वटा पसल सुरक्षा बल प्रयोग गरी आज हटाइएको हो । बन डिभिजन कार्यालय झापाले सुरक्षाबल प्रयोग गरी अतिक्रमण हटाएको हो । अतिक्रमण हटाउने पक्षमा रहेका प्रगति सामुदायिक बनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् । बनका अध्यक्ष निरौलालाई दूव्र्यवहार गरेर भागेकी ती महिलालाई महिला प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । लगत्तै ती महिलालाई…
भद्रपुर, ३ फागुन । भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन । चालु आव २०८१–८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए । भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए । अनुदानले उत्पादन…
राधा लुइटेलफिदिम, फागुन ३ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो । आर्थिक वर्ष २०८०–०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुसी देखिएको…
झापा, ३ फागुन । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर घनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए…
चिरञ्जीवी घिमिरेझापा, ३ फागुन । पूर्व–पश्चिम रेलमार्ग निर्माणको अझै टुंगो लाग्न सकेको छैन । तर, सरकारले काँकडभिट्टा–इनरुवा खण्डमा पर्ने झापा, मोरङ र सुनसरीका प्रभावितको पाँच हजार चार सय कित्ता (दुई हजार दुई सय बिघा) जग्गा रोक्का गरेको आगामी जेठमा पाँच वर्ष पुग्दै छ । यसबिचमा केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र फेरि ओली प्रधानमन्त्री बनेका छन् । प्रभावितले प्रधानमन्त्रीलाई नै भेटेर मुआब्जा या जग्गा फुकुवाको माग राख्दा पनि प्रगति हुन सकेको छैन । रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समन्वय समिति कोशीका संयोजक लक्ष्मीप्रसाद मैनालीका अनुसार काँकडभिट्टा–इनरुवा रेलमार्गको लिंक मार्गसहित करिब ७६० विघा निजी जग्गा रेलमार्गमा पर्छ । तर, तीन जिल्लामा करिब दुई हजार…
काठमाडौँ, ३ फागुनः .२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास चन्द्रग्रहण लाग्नेछ। २२ गते आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन, रात्रि १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । यो चन्द्रग्रहण नेपाल भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी…