झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, ३ वैशाख । तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मङ्गलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् । बिहान करिब ७ बजे बजार क्षेत्रमा बिक्रीका लागि राखिएको खरबुजा छोपेर राखिएको त्रिपाल मुनि धिमालको शव भेटिएको थियो । घटनास्थलको छानबिनका क्रममा प्रहरीले सिसी टिभी फुटेज हेर्दा धिमाललाई त्रिपाल मुनि जाँदै गरेको फेला पारेको थियो । शारीरिक रूपमा अशक्त तथा बोल्न नसक्ने अवस्थामा रहेका धिमाल घरबाट बेला–बेला हिँडिरहने गर्थे । उनी तीन दिनअघिदेखि नै…

Read More

काठमाडौं, ३ वैशाख । सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । आफ्नो घर…

Read More

फिल्म ‘भूठान’ घर हराएको कथाको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन हुन बाध्य शरणार्थीको कथा बोल्छ । ३ मिनेट लामो ट्रेलर फिल्मको मुख्य पात्र हरिंबंश आचार्य (विष्णुबहादुर केसी)को आत्मपरक र वस्तुपरक यात्रामा छ । ट्रेलरमा हरिवंशको अलवा र अमेरिकी अभिनेता ब्रुस डर्न पनि देखएका छन् । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’ लेखन र ‘बुलबुल’ निर्देशन गरेका पौडेलको ‘भुटान’ दोस्रो फिलम हो । फिल्ममा हरिवंशको अलवा अदिती प्याकुरेल, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी लगायतको अभिनय छ । म्याड…

Read More

वासिङ्टन, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताउनुभएको छ । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ। “चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,” उहाँले भन्नुभयो । ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो । ब्लुमबर्गको…

Read More

कोकिला ढकालइलाम, ३ वैशाख । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जिविकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरूलाई सुुझाएको छ । वडाध्यक्ष नुतनदेव दुुलालले अहिले पानी परेर जमिन राम्ररी भिजेकाले तरकारी, अन्नबाली र अन्य नगदेबाली लगाउन किसानहरूलाई आग्रह गरिरहेको बताउनुुभयो । ‘‘वडा कार्यालयले पनि विभिन्न समयमा सिजन अनुसारको तरकारी, फलफूल तथा अन्य बिरुवाहरूको वितरण गरिरहेको छ ।,’’ वडाध्यक्ष दुलालले भन्नुुभयो, ‘‘अन्य विभिन्न अनुदान र साझेदारीका कृषिसम्बन्धी कार्यक्रम समेत अघि सारेको छ ।…

Read More

सोलुखुम्बु, ३ बैशाख । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो । “हिमाल आरोहण तथा दृश्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने…

Read More

काठमाण्डौ, ३ वैशाख । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो । हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष…

Read More

कुमोद अधिकारीविराटनगर, ३ वैशाख । कोशी प्रदेशमा थप लगानी भित्राउने उद्देश्यले कोशी प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । औद्योगिक वातावरण निमार्ण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले यही वैशाख १८ र १९ गते प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो । प्रदेश सरकारले सम्मेलनबारे जानकारी गराउन विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा लगानी सम्मेलनमा १ खर्व भन्दा बढीको लगानी भित्राउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइयो । कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा १ खर्व ३९ अर्ब रुपैयाँको लगानी भित्राउन ५४ वटा परियोजना सोकेसिङमा राखिएको छ । लगानी प्राधिकरण कोशी प्रदेशका कार्यकारी अधिकृत डा…

Read More

झापा, ३ बैशाख । सुनको मूल्य तोलाको रू एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रू १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ…

Read More

झापा, ३ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उपमहानगरपालिका(१७ का ४० वर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरी बराहक्षेत्र नगरपालिका–७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुशील शेर्पालेलाई १०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ भने सुनसरी धरान उपमहानगरपालिका–१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटारबाट धरानतर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा…

Read More