
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली…
झापा, २ बैशाख । जाजरकोटमा आज पुनः भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा आज बिहान पुनः बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा त्रसित भएका छन् ।
उदयपुर, २ बैशाख । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । उता चैत ३१ गते बेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका–७…
झापा, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुभएको छ । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । “नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा…
झापा, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभएको छ । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उहाँले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि…
झापा, १ बैशाख । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गर्नुभएको छ । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उहाँको विश्वास छ । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन ।” विविध संस्कृतिहरू र…
झापा, १ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् । आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’ प्रचण्डले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै भिडियो सन्देशमा भनेका छन् । उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए । देशको समृद्धि…
झापा, १ बैशाख । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर…
झापा, १ बैशाख । आज नयाँ वर्ष २०८२ वैशाख १ गते सोमबार, देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश तथा पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा…
झापा, १ बैशाख । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश…