झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

प्रेम अधिकारीपशुपतिनगर-इलाम), २९ चैत । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत यहि चैत ३१ देखि वैशाख १ र २ विभिन्न देशका राजदूत अन्तु आउने भए पछि नगरपालिकाले अन्तु कन्यामको सरसफाइसहित सिङ्गारने काम भइरहेको हो । मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी…

Read More

झापा, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर…

Read More

खोटाङ, २९ चैत । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा चट्याङ लागेर दुई जना महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको स्थानीय बताउँछन् । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार…

Read More

झापा, २९ चैत । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

Read More

झापा, २९ चैत । गृहमन्त्री रमेश लेखकले कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर ४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकलाई द्रूत गतिमा अघि बढाउनुभएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिकतासम्बन्धी ऐनलाई संशोधन र परिमार्जन गर्न बनको विधेयकलाई सङ्घीय संसद्मा पुर्‍याएपछि गृहमन्त्री लेखकले २०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अघि बढाउनुभएको हो । गृह मन्त्रालयले जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकमाथि सुझाव उपलब्ध गराउन सार्वजनिक गरेको छ । “विधेयकमाथि सुझाव सङ्कलनका लागि सबै मन्त्रालय, प्रदेश सरकार तथा सबै जिल्ला प्रशासन…

Read More

झापा, २९ चैत । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको खुलेको छ । महिलाका भाइ लीलबहादुर दाहाल र ससूराले गरेका मृतक चुनुकुमारी रहेको जनाएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान् कोरियामा रहेका प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको खतिवडाले बताउनुभयो । मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने अर्धनग्न अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा शव केही…

Read More

झापा, २९ चैत । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ । सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली…

Read More

चन्द्र बस्नेतकनकाई, २८ चैत । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ । वडाका कृषकलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आज वडाले यहाँका २३ जना कृषकलाई मोटर वितरण गरेको हो । वडा अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका गर्दै…

Read More

झापा, २८ चैत । सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १हजार ४०० भन्दा बढीले सेवा लिएका छन्। पूर्वी पहाडी जिल्ला इलाम र पाँचथर जिल्लाको ग्रामीण भेगमा आयोजना गरेको स्वास्थ्य शिविरबाट १हजार ४ सय ३४ जनाले सेवा लिएका हुन् । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजना र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ६ र ७ को व्यवस्थापनमा शिकारीभञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट जेनेरल मेडिसिन विभागतर्फ १५५ , मानसिक रोग विभाग तर्फ १५ जना , प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ८७ , बाल रोग विशेषज्ञ २१ , हाड जोर्नी तथा नशारोग…

Read More

विराटनगर, २८ चैत । सुनसरी र उदयपुरको २ स्थानहरुबाट चैत्र २७ गते लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपलालिका(१ स्थितमा भारतबाट नेपालतर्फ पैदल आइरहेका सुनसरीको धरान उपमहानगरपालिका(५ का २७ वर्षीय बुस्टन लिम्बु र धरान(११ की २५ बर्षीया संगीता तामाङलाई ब्राउनसुगर ७ ग्राम ८ सय मिलिग्राम सहित नियन्त्रणमा लिएर सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी, उदयपुरको बेलका नगरपालिका(९ भचुवा स्थितका २१ वर्षीय दिवस बिकलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलिले १०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तीननै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको…

Read More