
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १९ फागुन । मनकामना दर्शन गरेर फर्कदै गरेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११ः३० बजे दुर्घटना भएको हो। दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो। दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिसक्यो,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ।’ मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी…
झापा, १९ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको…
मेष : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि भने नयाँ रचना फुर्नेछ। ज्ञानमा प्रगति हुनेछ। नजिकका व्यक्तिले सहयोग गर्ने छन्। वृष : दिन सामान्य नै रहनेछ। अनपेक्षित शुभ समाचारले हौसला बढाउला। सजिलै अरूको विश्वास जित्न सकिनेछ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ। मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। कर्कट : उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्य सम्पादनमा…
झापा, १९ फागुन । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । सोमबार देशभर मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–८ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रीनिङ हुने भएको छ । कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिनुभयो । कनकाई–८ लक्ष्मीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।
कनकाई, १९ फागुन । झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि शिक्षक एवम् शिक्षण संस्थाहरुका प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे ज्ञान प्रदान गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय झापा प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । “जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै छौं”, उहाँले भन्नुभयो, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको…
चन्द्र बस्नेतकनकाई, १८ फागुन । झापाको कनकाई–३ सुरुङ्गामा प्राइम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ । कनकाई–३ सुरुङ्गामा सेवा दिँदै आएको बैंकले आइतबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो । आज एक संक्षिप्त कार्यक्रमका बीच नयाँ ठाउँबाट बैंकले सेवा सुरु गरेको हो । बैंकका ‘क्लस्टर बी’का प्रमुख इन्द्रप्रसाद गुरगाईले रिवन काटेर नयाँ ठाउँबाट सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकले देशभर वित्तीय पहुँचलाई विस्तार गर्ने रणनीतिअन्तर्गत विभिन्न स्थानमा नयाँ शाखाहरू थप्दै आएको छ । देशभर २ सय बढी स्थानबाट सेवा दिँदै आएको र कोशी प्रदेशमा ४६ वटा शाखा सञ्चालित रहेको…
इलाम, १८ फागुन । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ बाग्मती युथ क्लब सर्लाहीलाई हराउँदै इलाममा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलिले गोल रहित बराबरी खेलेका थिए । पुलिसको तर्फबाट थुप्रै अवसर पाए पनि गोल हुन सकेको थिएन । दबाबमा रहेको बाग्मतीले पनि पाएको अवसरलाई गोल गर्न सकेन । दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५ औ मिनेटमा बाग्मतीका खेलाडीले डि बक्स एरियामा बल हातले छुँदा पेनाल्टीको अवसर पाएको पुलिसले पेनाल्टी मिस गर्न पुग्यो । राष्ट्रिय टिमकी डिफेन्डर समेत रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोल गर्न…
झापा, १८ फागुन । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका उनीहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका(५ बस्ने वर्ष २२ का प्रेमा तामाङ रहेका छन् । उनको साथबाट प्लास्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका(९ बस्ने वर्ष २६ का दीपेन्द्र खापुङको साथबाट प्लास्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । त्यस्तै पैदल…
बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोड–४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ । रजम महोत्सवको अवसरमा संस्थाका संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले उनीहरुलाई सम्मान गर्नुभयो । संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाई समेत सम्मान गरेको छ । त्यस्तै, संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी…