झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ७ साउन । बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाए । उनले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन…

Read More

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उनको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गरेको स्मरण गरे । उनले भने, ‘उनको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन…

Read More

भद्रपुर, ७ साउन । आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो । साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो । अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए । विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक…

Read More

बिर्तामोड, ७ साउन । नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवारराति निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन । उनको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनका श्रीमान वुद्धिमान थेवे रहेका छन् भने तीन छोरा मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ । थेवे कान्छा छोरा हुन् । उनका दुई छोरा पूर्णकुमार, तिलविक्रम थेवेको यसअघि नै मृत्यु भएको छ । उनका सात छोरी छन् । कनकाई…

Read More

बिर्तामोड, ७ साउन । झापा भद्रपुर –१० का चुणमणी चिमरियाले आइतवार आमाको दाहशंस्कारमा दागबत्ती दिन पाएनन् । कनकाई माईमा दाहशंस्कारका लागि राखिएको आमाको मृत शरिरमा दागबत्ती दिन तयारी भएका चिमरियालाई आफ्नै परिवार र गाउँले मलामीले दागबत्ती दिन अवरोध गरेका थिए । उनलाई ठेलठाल गरेर दाहशंस्कारस्थलबाट बाहिर पठाइएको थियो । सुरक्षाकर्मीले उनलाई सुरक्षा सहित घर फर्काइदिए । लेखापरिक्षक चिमरिया चन्द्रगढीस्थित विरेन्द्र उच्च माविका शिक्षक हुन् । उनले समाज नै समय अनुसार चल्न नसकेकोले आफुलाई आमाको दागबत्ती दिनबाट बञ्चित गरेको आरोप लगाएका छन् । अराजक समुहले आमाको कर्म गर्न नदिएकोमा उनले दुःख व्यक्त गरेका छन् । उनले दागबत्ती दिन नपाएपनि घर मै…

Read More

बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा। सुभाश चन्द्रले नेपालमा जी सिने अवार्ड आयोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्‍याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए । साथै प्रधानमन्त्रीकै इच्छा बमोजिम अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि…

Read More

सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो । डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक…

Read More

काठमाडौँ, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गरेका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षत्कारमा उनले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताए । पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२।५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो । बजारमा…

Read More

भद्रपुर, ६ साउन । झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन) लगाइदिने भएको छ । ‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो । आर्थिक बर्ष २०७५÷७६ को बजेटमै सो अभियानका लागि रु २५ लाख गाउँपालिकाले छुट्याएको र रु २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको…

Read More

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग…

Read More