झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लमजुङ, ५ जेठ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गर्नुभयो । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उहाँको भनाइ छ । सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बा हाल नेपाली…

Read More

झापा, ५ जेठ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स ९युएई०लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्गल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात…

Read More

झापा, ५ जेठ । विद्यार्थीमा भएको वैज्ञानिक खोज, सीप, ज्ञान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने उक्त प्रतियोगितात्मक प्रदर्शनी यही जेठ २४, २५ र २६ गते बिर्तामोडमा आयोजना गर्ने तयारी गरिएको हो । प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका १४० माध्यमिक तहका विद्यालयको सहभागिता रहने एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा एउटा विद्यालयले एउटा मात्र प्रदर्शनी कक्ष राख्न पाउनेछन् भने उत्कृष्टताका आधारमा विद्यालय पुरस्कृत हुनेछन् ।…

Read More

झापा, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रहरीले आइतबार राति तीन करोड ६१ लाख बराबरको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । भारतबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय कन्टेरनलाई बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भन्सार छलेर गरी ल्याउँदै गरेको रू तीन करोड ६१ लाख बराबरको Track combine harvester with straw collector and standard…

Read More

झापा, ५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन…

Read More

भारत (एजेन्सी), ५ जेठ । भारतको महाराष्ट्रस्थित सोलापुरमा रहेको एक कारखानामा आगलागी हुँदा एकै परिवारका चार सदस्यसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक बच्चा रहेका छन्। प्रारम्भिक रूपमा, यो दुर्घटनाको कारण सर्ट सर्किट भएको बताइएको छ। यो दुर्घटना सोलापुरको सेन्ट्रल टेक्सटाइल मिलमा भएको हो। दुर्घटनामा मृत्यु हुनेहरूमा कारखाना मालिक हाजी उस्मान हसनभाई मन्सुरी र उनको परिवारका तीन सदस्यहरू छन्, जसमा उनका डेढ वर्षको नाति पनि समावेश छ। दुर्घटनामा चार जना मजदुरको पनि मृत्यु भयो। प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। कार्यालयले…

Read More

झापा, ५ जेठ । मौसम अनुकूल भएसँगै आज एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ । विभागका निर्देशक हिमाल गौतमले भने, ‘मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध…

Read More

झापा, ५ जेठ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने यो पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्। स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ’, उनले भने। हिउँदमा सवारी आवागमन हुने यो पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ। बर्खाको बाढी पुलमाथिबाट…

Read More

झापा, ५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…

Read More

झापा, ४ जेठ । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स १ क १८१ नम्वरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ का ५५ वर्षीय मनप्रसाद लिम्बूको पिसाब थैलीमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ । त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू) समेतको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

Read More