
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ चैत । झापा र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत २० गते झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उपमहानगरपालिका–१६ का ३४ वर्षीय मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र इटहरी–६ का २३ वर्षीय सनम तामाङलाई २६ ग्राम, इटहरी–२ का २७ वर्षीय निरज लिम्बू, २२ वर्षीय सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम,…
शिवसताक्षी, २१ चैत । झापाको शिवसताक्षीमा मेयर कप-२०८१ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ४ विजयी भएको छ । वडा नं. ४ ले वडा नं. ५ लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । खेलको म्यान अफदी म्याच वडा नं. ४ का ख्याम जर्सी नं. ७ ख्याम खत्री घोषित भए । उनले नगद २१ सय प्राप्त गरेका छन् । म्यान अफदी म्याचको नगद पुरस्कार प्राइम बैंक झिलझिलेले प्रदान गरेको थियो । खत्रीले वडा नं. ५ लाई लगातार २ गोल लगाएका थिए । खेलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर गरेका थिए ।…
झापा, २१ चैत । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ भव्य रुपमा सफल बनाउन पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चारकर्मीसँग छलफल गरेको छ । पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेसँगै त्यस विषयमा जानकारी गराउन मन्त्रालयले छलफल आयोजना गरेको हो । छलफल कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले, आर्थिक रुपमा कोशी प्रदेशलाई समृद्धि बनाउन प्रदेश सरकारले पर्यटन वर्ष आयोजना गर्न लागेको बताउनुभयो । कोशी प्रदेशमा रहेका कृषि, पर्यटन तथा जलविद्युतलाई वाह्रय मुलुकमा निर्यात गरेर राष्ट्रपुजी निमार्ण गर्न सकिने उहाँको भनाई थियो । उहाँले बढिभन्दा बढी भारतीय पर्यटकलाई प्रदेशमा भित्र्याउने गरि यहाँका ऐतिहासिक धार्मिक स्थललाई व्यवस्थित बनाउने काम भइरहेको बताउनुभयो…
झापा, २१ चैत । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ । आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका…
झापा, २१ चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा…
नमीन ढकालफिक्कल, २१ चैत । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुने महोत्सव इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्घाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । सन्दकपुर गाउँपालिका…
झापा, २१ चैत । झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट खसेर घाइते भएका थिए । स्वास्थ चौकी शरणामतिमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताए । हास्दाको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा परीक्षणका लागि राखिएको छ भने…
बिर्तामोड, २० चैत । बिर्तामोड नगरपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक संक्षिप्त कार्यक्रमका विच कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर कार्यालय उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कुनै प्रलोभनमा नपरी आयोगको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजनीतिक दलहरुले निर्बाचनको समयमा भूमिहिन हरुको समस्या समाधान गर्ने, धनिपुर्जा वितरण गर्ने लगायतका आश्वासन बाँढ्ने गरेको भएपनि सरकारमा पुगेपछि प्रतिवद्दता अनुसारका काम नगर्ने र अन्य विवादमा अल्झिने गरेकाकारण जनता पीडित नै रहेको गुनासो गर्नु भयो । यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिर्तामोडमा करिब २६ सय वटा निवेदन दर्ता रहेको…
झापा, २० चैत । नेपाल फुड प्रोडक्ट ट्रेनिङ सेन्टरको आयोजनामा अचार बनाउने विशेष व्यावसायिक तालिम सम्पन्न भएको छ। अनामनगर, काठमाडौंमा सम्पन्न सो तालिममा १२ जना सहभागी भएका थिए । तालिमको प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक जीवन प्रभा लामाले गर्नुभएको थियो। उहाँले नेपालमा साना खाद्य उद्यमहरूको विकास आवश्यक रहेको बताउँदै यस्ता व्यावहारिक तालिमहरू उद्यमशीलता प्रवर्द्धनका लागि निकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। पूर्णतः व्यावहारिक तालिमतालिम अनुभवी खाद्य प्रौद्योगविद् (फुड टेक्नोलोजिस्ट) द्वारा प्रदान गरिएको थियो। पूर्णतः व्यावहारिक रूपमा सञ्चालन गरिएको तालिममा सहभागीहरूले प्रत्यक्ष रुपमा अचार बनाउने, प्याकिङ गर्ने, तथा उद्योग सञ्चालन प्रक्रियाबारे ज्ञान हासिल गरेका थिए। तालिममा विभिन्न…
कनकाई, २० चैत । झापाको कनकाई नगरपालिकाले प्रदान गरेको निःशुल्क लोक सेवा तयारी कक्षा लिएका तीन जनाले सरकारी जागिर पाएका छन् । गत वर्ष नगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा लिएकामध्ये तीन जागिर पाएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो । “नगरले दिएको लोकसेवा तयारी कक्षाबाट तीन जनाले जागिर पाएको थाहा पाएपछि निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो, “मैले थाहा पाएको यति हो, अरु पनि हुनुहुन्छ होला ।” त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि सयौंको संख्यामा विदेशिने क्रममा रहेको छ । बढ्दो युवा पलाउनलाई रोक्न पनि स्वदेशमै टिक्ने वातावरण बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । “विकास भनेको तत्कालै देखिने बाटो–घाटो, पुल–पुलेसा,…