
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित एकान्त घरबाट उर्मिला हायुसहित १६ सदस्यीय परिवार सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोजतलास तीव्र बनाएका थिए। सुरक्षा टोलीले जङ्गल, सम्भावित दुर्घटना स्थल, माइतीमावल, नातागोता र अन्य आफन्तजनसँग सम्पर्क गरी जानकारी संकलन गर्यो। परिवारले साउन ६ गते सामाजिक सुरक्षाभत्ता झिकेको र ९ गते नवीकरण गरेको पुष्टि भएपछि उनीहरूको पछिल्लो मोबाइल सम्पर्क साउन ११ गते साँझ ७स्२८ मा नेपाल टेलिकम रामेछाप टावरसँग भएको देखिएको थियो। वर्षात्को मौसम, विदेशबाट छोरा आएको, भत्ता बुझेको र घरमा सुँगुरको मासु भेटिएको आधारमा घुमघाम वा आफन्त भेट्न निस्किएको अनुमान…
झापा, १३ साउन । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ…
कैलाली, १३ साउन । श्रावण १३ थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ आज देशभर उल्लासपूर्वक मनाइँदैछ। विशेषगरी कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालका जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाउँछन्। गुरही पर्व श्रावण शुक्ल पञ्चमी, अर्थात् नागपञ्चमीको दिन मनाइन्छ। नागपञ्चमीमा नेपाली समाजमा नागको पूजा गरिन्छ भने थारु समुदायमा ‘गुरही’ पूजा गरिन्छ। घोडाघोडी नगर भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीका अनुसार गुरही पूजा गर्दा विषालु सर्प, चट्याङ, आगलागी, रोगव्याधी र महामारीबाट घर सुरक्षित रहने जनविश्वास रहिआएको छ। कसरी मनाइन्छ गुरही? पर्वको केही दिनअघिदेखि घर आँगन लिपपोत गरी सफा गरिन्छ। महिलाले रङ्गीचङ्गी कपडाबाट गुरही (पुतली) बनाउँछन्। केटाहरूले बाँस वा…
झापा, १३ साउन । वैदिक सनातन परम्पराअनुसार आज श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइँदैछ। घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरिने यो पर्वमा सर्प, नाग र अन्य घिस्रने जीवबाट सुरक्षा मिल्ने धार्मिक विश्वास रहिआएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। नागलाई सर्पको राजा मानिने वैदिक मान्यता अनुसार, पानीको अभाव नहोस् भनेर नागलाई प्रसन्न पार्न पूजा गरिन्छ। बराहपुराणमा उल्लेख भएअनुसार आजको दिन ब्रह्मा र नागराजबीच संवाद भएकोले पनि यो दिन विशेष मानिन्छ। शास्त्रीय मान्यताअनुसार भगवान् शिवले नागको माला लगाउने, विष्णु शेषनागको शय्यामा शयन गर्ने, गणेशको हातमा नाग हुने, र लक्ष्मण तथा बलरामलाई शेषनागको…
झापा, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नाग पञ्चमीको शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् आज मुख्यमन्त्री कार्कीले साउन शुक्ल पञ्चमी तिथिमा पर्ने हाम्रो महत्वपूर्ण सांस्कृतिक पर्व नाग पञ्चमी नाग देवताको पूजा गरेर सृष्टिका सबै जीवप्रति श्रद्धा र सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व रहेको बताउनुभयो । ‘जहाँ घरको मूलद्वारमा नाग चित्र टाँसी सर्प, आगो र चट्याङको भय टार्ने जनविश्वास रहिआएको छ । यस चाडको पावन अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
झापा, १३ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै आगामी २४ घण्टाको मौसमबारे जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
झापा, १२ साउन । काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–६ मा बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्। उनले महानगरपालिका–३१ स्थित वडामा आफू महानगरको सरसफाइ कर्मचारी हुँ भन्दै घरघरबाट रकम उठाउने गरेको खुलेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले लामालाई नियन्त्रणमा लिएको हो। प्रवक्ता बोहराका अनुसार अनुसन्धानमा उनी महानगरपालिकाका कर्मचारी नभएको पुष्टि भएको छ। हालसम्म उनले रु १३ लाख २५ हजार असुली गरिसकेको देखिएको छ। लामाको साथबाट रु छ हजार ५०० नगद, पाँच थान रसिद–बिलबिजक, कोटेश्वर बेष्ट कन्सर्नका…
झापा, १२ साउन । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर ठिमी–८ बोडेमा बसोबास गर्दै आएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ का स्थायी बासिन्दा हाल भक्तपुर चागुनारायण–८ सुडालमा बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले सुनजस्तो देखिने धातु प्रतितोला रु एक लाख १० हजारमा दिने भन्दै फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु ९ लाख…
बैंकक, १२ साउन । थाइल्याण्डको राजधानी बैंककस्थित ‘ओर तो कोर’ खाद्य बजारमा साउन १२ गते दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन्। घटना दिउँसो १२स्३१ बजे बाङ सुए जिल्लामा भएको हो। प्रहरीका अनुसार आक्रमणकारीले गोली प्रहार गरेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानले घटनाको कारण व्यक्तिगत विवाद रहेको जनाएको छ। आक्रमणकारी सोही बजारका पूर्वकर्मी थिए र एक सुरक्षाकर्मीप्रति पुरानै आक्रोश राखेको बुझिएको छ। घटनासम्बन्धी जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको प्रहरीले जनाएको छ। ‘ओर तो कोर’ बजार प्रसिद्ध चाटुचाक बजार नजिकै रहेको अत्यन्त लोकप्रिय पर्यटक गन्तव्य हो । थाइल्याण्डमा…
झापा, १२ साउन । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले विगत ५० वर्षको अवधिमा…