
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ साउन । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत…
सन्तोष शर्माझापा, १२ साउन । झापामा मकैको उत्पादन र क्षेत्रफल बृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा मकैको उत्पादनमा दुई हजार तीन सय ९२ मेट्रिक टन र क्षेत्रफलतर्फ दुई सय ७० हेक्टर बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत आवमा २०८१/८२ मा ४४ हजार ६२० हेक्टरमा तीन लाख ५१ हजार ४२६ दशमलव ४५ मेट्रिकटन मकै उत्पादन भएको थियो भने उत्पादकत्व ७.८८ रहेको कार्यालयले जनाएको छ । झापामा आव २०८०/८१ मा ४४ हजार ३५० हेक्टरमा तीन लाख ४९ हजार ३४ दशमलव ५० मेट्रिक टन मकै उत्पादन भएको थियो…
झापा, १२ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। कनकाई जलाधारमा आगामी १४ गतेसम्म पानीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ । जिल्लाका हिसाबले आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। यस्तै आज इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर,…
सन्तोष शर्माझापा, १२ साउन । झापामा पछिल्लो दुई वर्षको अवधिमा एक सय ७० जनाले गैरआवासीय नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत् गत आर्थिक वर्ष २०८०÷०८१ मा एक सय आठ र आर्थिक वर्ष २०८१÷८२ मा ६२ जना गरी १ सय ७० जनाले नेपाली नागरिकता परित्याग गरी गैरआवासीय (एनआरएन) नागरिकता लिएका हुन् । गत आव २०८१÷०८२ मा कार्यालयले वंशज २२ हजार ४० र वैवाहिक अंगीकृत छ सय ७५ गरी २२ हजार सात सय १५ वटा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । त्यस्तै, कार्यालयबाट २२ हजार चार सय ५५…
झापा, १२ साउन । आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। कार्यालयका अनुसार साउनदेखि असारसम्मको अवधिमा रु ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको १५,४१६.७५६ मेट्रिक टन चिया विदेश निर्यात गरिएको हो। यो अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले वृद्धि हो। त्यस्तै, अलैँचीको निर्यातमा भने ३.२० प्रतिशतको गिरावट देखिएको छ। २०८१/८२ मा रु ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात हुँदा अघिल्लो वर्ष उक्त परिमाण रु ७ अर्ब ९३ करोड ९ लाख ९० हजार रहेको थियो। अन्य वस्तुहरूको निर्यातमा मिश्रित प्रवृत्ति देखिएको छ:भेनियर सिट: ७२.३०% वृद्धिफलामे पाता: १.८% वृद्धिप्लाइउड:…
सविना लिम्बुबिर्तामोड, ११ साउन । इलामको फिक्कलमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय गजल मञ्च सूर्योदय नगरपालिकाको आयोजनामा आइतबार फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा विभिन्न रचना वाचन कार्यक्रम आयोजना गरिएको हो । सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधी भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय साहित्य कलाको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । रचना वाचन कार्यक्रममा कविहरु प्रकाश अधिकारी, जि.आर न्यौपाने, लीला भट्टराई, सन्तोष खापुङ्, दिनेश चाम्लिङ्ग ‘रुन्चे’, कविता राई ‘गाउले’, माधव भट्टराई, दिपेन्द्र आचार्य लगायतले आफ्नो रचना वाचन गर्नु भएको थियो। यस्ता कार्यक्रम निरन्तर गर्दै जाने बताउँद्र सूर्योदय गजल मञ्चका दिपेन्द्र आचार्यले अबको केही दिनमा…
मेचीनगर, १२ साउन । झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगिस्थित मेची राजमार्गमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ। इलामबाट चारआलीतर्फ आउँदै गरेको सेतो रंगको स्कोर्पियोले अन्दाजी ४५–४६ वर्षका पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि फरार रहेका हल्दिबारी गाउँपालिका–१ का ४८ चालक गजेन्द्रबहादुर बिष्टलाई राति १०ः३० बजे इलाका प्रहरी कार्यालय अनारमनीमा गाडीसहित सम्पर्कमा आएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी मे. १ च ६१३१ नम्बरको स्कोर्पियो रहेको छ। हाल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको…
झापा, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भाग एक–दुई स्थानमा भारी वर्षाको पनि…
बिर्तामोड, ११ साउन । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो । चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज दाहाल दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा आमन्त्रित हुनु भएको हो । यसअघि अर्का अग्रज पत्रकार शिरोमणि खतिवडा (शिरो सान्दाइ) पहिलो श्रृंखलामा मुख्य वक्ताको रुपमा उभिनु भएको थियो । पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार दाहाल हाल दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको सम्पादन तथा प्रकाशन…
भोजपुर, ११ साउन । स्थानीय संस्कृति, रीतिरिवाज र भेषभूषाको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरमा परम्परागत लाखे नाचलाई व्यवस्थित रूपमा निरन्तरता दिने अभियान सुरु गरिएको छ । नेवार समुदायको मौलिक नाच मानिने लाखे नाचलाई अब सबै समुदायको सहभागितामा प्रस्तुत गरिँदैछ । स्थानीय युवा नवीन बुढाथोकीका अनुसार नाग पञ्चमीदेखि सुरु हुने लाखे नाचलाई जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको छ । यसअघि नेवारी बस्तीमा सीमित रहेको यो परम्परा अब सामूहिक सहभागितासहित सबै जात–समुदायले मनाउने अभियानमा रूपान्तरण गरिएको हो । युवा विकल श्रेष्ठले भने, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिनु पुस्तान्तरणको माध्यम हो। यसले संरक्षण र प्रवर्द्धनमा टेवा दिन्छ।” लाखे नाचको तयारीमा युवाहरू जुटिसकेका…