झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ साउन । साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली मङ्गलबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)-की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले टोलीलाई स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले उपविजेता बन्नुको प्रमुख कारण थकान रहेको बताउनुभयो। उहाँले २४–२४ घण्टाको अन्तरमा पाँच खेल खेल्नुपरेकाले खेलाडीहरूलाई पर्याप्त विश्राम नपाएको उल्लेख गर्नुभयो । यही कारणले टोली बङ्गलादेशसँग दुवै खेलमा पराजित भएको प्रशिक्षक गुरुङको तर्क छ । नेपालले प्रतियोगितामा श्रीलङ्का र भुटानलाई पराजित गरे पनि बङ्गलादेशसँग दुईपटक हार बेहोरेको थियो । ढाकास्थित वसुन्धरा किङ्स…

Read More

हल्दिबारी, ६ साउन । झापाको हल्दीबारी गाउँपालिकाले यहाँका ११ जना अपाङ्गता भएकालाई विभिन्न सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तीहरूको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले विभिन्न सिपमुलक तालिम दिएर आवश्यकता र मागका आधारमा उनीहरूलाई विभिन्न सामग्री प्रदान गरिएको हो ।  गाउँपालिकामा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रविन्द्र लिंगदेन उपाध्यक्ष लक्ष्मीदेवी मैनाली प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) लगायतले उनीहरूलाई सामग्री वितरण गर्नुभयो । गाउँपालिकाले हल्दीबारी-४ का राम टुडूलाई एड्भान्स मोबाइल मर्मत सामग्री, सुरेश भण्डारीलाई इलेक्ट्रिसियन किट, हल्दीबारी-१ का लेखबहादुर योङ्हाङलाई सेकुवा बनाउने चुलो, हल्दीबारी-५ की पूर्णिमा खड्कालाई ठेला गाडी, हल्दीबारी-३ का रविलाल दाहाललाई एक थान डिजिटल काटा…

Read More

विर्तामोड, ६ साउन । नेपाली कांग्रेसका संस्थापक सभापति तथा समाजवादी विचारधारा प्रणेता महामानव वि.पी. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा झापाका विभिन्न स्थानहरूमा विचार गोष्ठी, सामाजिक सेवा तथा वातावरणीय गतिविधि गरी दिवस मनाइएको छ। वि.पी.को राजनीतिक योगदान र साहित्यिक दृष्टिकोणबारे विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। विर्तामोड–५ मा नेपाली कांग्रेस वडा समितिको आयोजनामा मेची आँखा अस्पतालको सहयोगमा आँखा शिविर सम्पन्न भयो, जहाँ ५३० भन्दा बढीले सेवा प्राप्त गरे। कार्यक्रममा पूर्व सांसद सुधिरकुमार शिवाकोटीले वि.पी. कोइरालाको जीवनभरको त्याग र संघर्षबारे चर्चा गर्दै वर्तमान नेतृत्वले इतिहास बुझ्न आवश्यक रहेको बताए। भद्रपुर–१० स्थित वि.पी. को शालिक परिसरमा स्मृति प्रतिष्ठान र नगर समितिको संयोजनमा आयोजित…

Read More

हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिकाले विभिन्न कृषि विधामा योगदान पुर्‍याउने पाँच जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ। मंगलबार आयोजित एक समारोहका बीच पालिकाले प्रति व्यक्ति रु १०,००० नगद र कदरपत्र प्रदान गरेको हो। सम्मान प्राप्त गर्ने किसानहरू: नामवडा नं.कृषि विधामोनिका तामाङ२बंगुरपालनरत्नबहादुर भारती३गाईभैंसी पालनगोमा गौतम३घाँसखेतीबिष्णुप्रसाद भण्डारी४खाद्यान्न बालीलयप्रसाद पाठक४तरकारीबाली उनीहरूलाई गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने तथा कृषि शाखा प्रमुख छविलाल गुरुङलगायतले सम्मान गरेका थिए।

Read More

बिर्तामोड, ६ साउन । सिके चिन्तन प्रतिष्ठान झापाले टिकाप्रसाद प्रसाईंलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको साधारणसभाले प्रसाईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा सजेश शिवाकोटी, महासचिवमा इन्दु पूर्वेली, सचिवमा खगेन्द्र प्रसाई र कोषाध्यक्षमा कञ्चना ढकाल सिटौलालाई चयन गरेको हो । समितिका सदस्यहरुमा खगेन्द्रविक्रम नेम्बाङ, कोशी राई, लीलादेवी मैनाली, भीमप्रसाद राजवंशी, बडाराम हेमरम, नेत्रप्रसाद विमली, विष्णुप्रसाद खरेल र पार्वतादेवी खरेल चयन हुनुभएको छ । यसअघि साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीले स्वर्गीय सि।के। प्रसाईको सरल राजनीति पुस्तक अध्ययन गर्दा उहाँको समाजवादप्रतिको निष्ठा, विचार र ब्यक्तित्व बुझ्न सहज हुने बताउनुभयो ।…

Read More

निशान निरौला इलाम, ६ साउन । एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ श्रावण ६ गते मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्यसहितको गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ। सूर्योदय नगरपालिका–१, मंगलबारेमा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट चित्रण गरिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटिएको छ। निर्देशक तथा कथाकार हिकस राईका अनुसार टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” उनले भने। टेलिफिल्ममा इलामे…

Read More

झापा, ६ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले यस वर्ष पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा प्रवेश परीक्षा नगर्ने निर्णय गरेको छ। अब विद्यार्थीहरू एसईईमा प्राप्त जीपीएका आधारमा छनोट हुनेछन्। परिषद्का सूचना अधिकारी एकराज अधिकारीका अनुसार देशभरका इच्छुक विद्यार्थीहरूले साउन ६ देखि २६ गते राति ११:५९ बजेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन सीटीईभीटीको आईटीएमएस पोर्टलमार्फत भर्नुपर्नेछ। नर्सिङ पढ्न कम्तीमा २.० जीपीए आवश्यक हुने छ। फारम भर्दा ग्रेडसिट, नागरिकता, फोटोसहित आवश्यक कागजात अनलाइन अपलोड गर्नुपर्नेछ। प्रवेश शुल्क रु १,००० कनेक्ट आईपीएस वा खल्ती एपबाट तिर्न सकिनेछ। छात्रवृत्तिको लागि पनि परीक्षा नहुने भएको छ। सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका…

Read More

भद्रपुर, ६ साउन । झापाको भद्रपुरमा कवि गोष्ठी भएको छ । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको दोस्रो वार्षिक उत्सवको अवसरमा सोमबार उक्त कवि गोष्ठी भएको हो । भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि राजेश ढुंगाना, देवीचरण भन्डारी, राजु बराल, राजेन्द्र कश्यप अधिकारी, हरि न्यौपाने, निर्मला दङ्गाल, महेन्द्र कोइराला लगायतले कविता वाचन गरेका थिए। सोही कार्यक्रममा गायक निरज पोखरेल र पबित्रा ओलीले गायन प्रस्तुत गरेका थिए । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उप–प्रमुख राधा कार्की, प्रशासन प्रमुख सुनिल निरौला र साहित्यकार चूडामणि वशिष्ठले शुभकामना…

Read More

झापा, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई रु ७ लाख ३१ हजार घुससहित पक्राउ गरेको छ। स्थानीय ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिर्मका र छोडपूर्जीको प्रक्रिया सहज गराउने नाममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले सोमबार साँझ यादवलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यादवमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

Read More

झापा, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित…

Read More