
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, १३ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताउनुभएको छ । अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताउनुभयो । नेकपा (एमाले) दमक नगर कमिटीले आज पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैङ्क खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झैँ गर्ने,…
सुनसरी, १३ पुस । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग।२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १२ गते दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग। २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो । गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका(१ का ४० बर्षीय कृष्ण बिसुङ्खे…
बिर्तामोड, १३ पुस । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्ढिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रिय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम्…
कचनकवल, १३ पुस । कचनकवल गाउँपालिकामा कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ। वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम २०८१ मा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयले उत्कृष्टता हासिल गरेका छन्। माध्यमिक तहतर्फ विद्या निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनता माध्यमिक विद्यालय द्वितीय र लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय तृतीय भएका छन्। त्यस्तै, आधारभूत तहतर्फ मोती माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ भने उज्याला एकेडेमी द्वितीय र लक्ष्मी माध्यमिक विद्यालय तृतीय भएका छन्। प्रदर्शनीमा पालिका भरका १३ वटा विद्यालय सहभागी थिए। प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र विशिष्ट…
झापा, १३ पुस । जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका छन् । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि डोजरका सह चाकल बेपत्ता भएका हुन् । डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए । बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न सकेको छैन । प्रहरीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
झापा, १३ पुस । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम…
बिर्तामोड नगरपालिकाको नयाँ तरकारी पकेट विकास कार्यक्रम सम्बन्धी सूचना !
इन्द्रप्रसाद ओली’देश’-काे पूर्ण परिभाषाकाे सम्पूर्ण अङ्गमा एउटा अनिवार्य, महत्वपूर्ण र अपरिहार्य अवयव भनेकाे ‘नागरिक’ हाे । नागरिक जीवन आफू र आफ्नाे देशप्रति लापर्वाह, उदासिन, निराश र उद्विग्न बन्नु अन्ततः देशकाे भविष्य स्वयम् भाराक्रान्त, कमजाेर र खतरायुक्त बन्नु हाे । अतः अनेक प्रकारले अहिले हाम्राे देशकाे देख-अदेख धरातलीय सामाजिक अभ्यासकाे स्थिति यस्तै छ। एकातिर कुल नागरिक संख्याकाे घटीमा एक-तृतियांश ऊर्जावान वयस्क, युवा-युवती तथा कलिला किशाेर-किशाेरी समेत विदेशी भूमिमा छन् । खेत-बारी , घर, गाेठ आदिमै निर्विकल्परूपमा निर्भर जनसंख्याकाे ठूलाे हिस्साका किसान-श्रमजीवीहरूकाे समेत विभिन्न कारणले उपायहीन बनी विदेश पलायनकाे बाटाे राेजाइले देशकाे ऊर्बर माटाे बाँझिँदै गएकाे अवस्था छ र क्रमिकरूपमा बढ्दाे विदेशी…
झापा, १३ पुस । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३।७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।
झापा, १३ पुस । प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त परियोजनाका लागि झापा, मोरङ र सुनसरीमा पाँच हजार कित्ताभन्दा बढी जग्गा २०७७ साल जेठ २४ र २७ गते अधिग्रहण गरेको थियो । जग्गा रोक्का भएको चार वर्ष बितिसक्दा पनि जग्गाधनीले मुआब्जा पाउन नसकेको मेचीनगर–७ का रेलमार्ग प्रभावित ज्ञानेन्द्र निरौलाले बताए । “जग्गा रोक्का गरिएको चार वर्ष बितिसक्यो”, उनले भने, “न मुआब्जा पाइएको छ, न रोक्का फुकुवा भएको छ ।” रेलमार्ग रेखाङ्कनका लागि जग्गामा जताततै पक्की पिलर गाडिएको हुँदा खनजोत गर्न कठिनाइ भएको…