झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा अहिले हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Read More

विराटनगर, ४ पुस । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर २७ गतेको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पौष ३ गते कार्यभार सम्हाल्नु भएको हो । उहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी,…

Read More

सन्तोष शर्माझापा, ४ पुस । झापामा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तरगत जिल्ला तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको हो । झापाको बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकै खेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यो प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुने उहाँको भनाइ छ…

Read More

झापा, ४ पुस । भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा आयोजित तीन दिने ‘बंगाल ट्राभल्स मार्ट–२०२४’मा नेपाली पर्यटन व्यवसायीले नेपालको पर्यटकीय स्थलको प्रचार गरिरहेका छन् । इस्टर्न हिमालयन ट्राभल्स एण्ड टुर्स अपरेटरस् एशोशिएशनको यहाँ आयोजित बंगाल ट्राभल मार्टमा भारत, भुटान, श्रीलंकका पर्यटन तथा होटल व्यवसायीमाझ नेपाली पर्यटन व्यवसायीले नेपालका विभिन्न पर्यटकीयस्थलको प्रचार गरिरहेका हुन् । झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दीपक ओलीले बंगाल ट्राभल मार्टमार्फत नेपालको पर्यटकीय गन्तव्यलाई प्रचार गर्ने काम भइरहेको बताउनुभयो । “सिक्किम, दार्जिलिङ, श्रीलंका, भुटान लगायत स्थानका पर्यटन व्यवसायीसामु जानुमखाडीलाई चिनाउने काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “यसले हाम्रो पर्यटकीय स्थलको प्रचारसँगै पर्यटन आगमनमा पनि…

Read More

बिर्तामोड, ३ पुस । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा विजयीसम्पूर्ण कार्य समितिलाई बधाई ज्ञापन गरेको छ । बुधबार सम्पन्न सेन्टरको बैठकले प्रेस सेन्टरको नेतृत्वमा बनेको श्रमजीवी पत्रकारहरुको साझा प्यानलको तर्फबाट विजयी महिला उपाध्यक्ष विनिता गौतम (बिनिशा शर्मा), सचिव पदमा निर्वाचित राजु पाठक, सदस्य (मधेसी) सन्तोष शर्मा र सदस्य (महिला) पदमा निर्वाचित भुकुमारी लिम्बु (भूमिका)सहित एकराज गिरी नेतृत्वको सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको हो । बैठकले सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णयसमेत गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले विजयी प्रेस सेन्टरसहित सम्पूर्ण उम्मेदवारहरुलाई बधाई…

Read More

झापा, ३ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो । प्रसाईँका तर्फबाट उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनम सर्वोच्चले यो आदेश जारी गरेको हो। यसअघि साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले मंसिर २७ गते धरौटी छाड्न आदेश दिएको थियो। प्रसाईंले अदालतले मागेअनुसार ४० हजार रुपैयाँ धरौटी जम्मा गरे पनि सीआईबीले तत्कालै नियन्त्रणमा लिएको थियो। साइबर अपराधमा छुटे पनि आपराधिक…

Read More

दाङ, ३ पुस । दाङमा सामान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका २ भम्के निवासी अन्दाजी २९ वर्षिय चित्र बहादुर बुढाथोकीले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन् । सामान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रवक्ता प्रकाश थापाले जानकारी दिएका छन् । श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर ७ स्थित कारागार नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More

मेष : पुनर्मिलनको योग छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ। वृष : इच्छा पूर्ण हुनेछन्। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। प्रणय प्रसङ्गका समय श्रेष्ठ छ। टाढिएका मित्र नजिक हुनेछन्। काममा ७० प्रतिशत सफलता पाइनेछ। मिथुन : कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रवल इच्छाशक्तिले लक्ष्यमा पुर्‍याउनेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यप्रति सजग रहन जरूरी छ। साँझमा पैसा खर्च हुने योग छ। काममा ५७ प्रतिशत सफलता…

Read More

झापा, ३ पुस । जिल्लाको झापा गाउँपालिका–४ बाट लागुऔषध सहित तीन जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको दमक नगरपालिका–१ का २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजव)शी र २८ वर्षीय सुनिल साहलाई शंका लागी चेकजाँच गर्दा सुनिल साहले प्लाष्टिकजन्य वस्तु खेतमा फालेको देखेर उक्त वस्तुलाई खोलेर हेर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ५२० मिलिग्राम, प्लाष्टिक बाहेक १ ग्राम ६७० मिलिग्राम फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको छ ।

Read More

झापा, ३ पुस । सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा उनका १५ वर्षीया छोरा करण गम्भीर घाइते भएका छन्। करेन्ट लागेर गम्भीर घाइते भएका राजा मेहतालाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। छोरा करणको कोसी अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

Read More