
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारीभद्रपुर, ५ मंसिर । हडिया पुलमा भ्वाङ परेपछि भद्रपुर—धुलावारी सडकबाट यात्रा गर्ने यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् । उत्तरी झापाबाट काम लिएर सदरमुकाम चन्द्रगढी आउने अधिकाम्स व्यक्ति धुलाबारी–भद्रपुर सडकमा पर्ने हडिया पुलमा भ्वाङ परे पनि मर्मत नगरिएपछि छिटो छरितो यात्रा हुने भएकाले जोखिम मोलेरै यात्रा गरिरहेका हुन् । उत्तरी झापाबाट दक्षिणमा रहेको सदरमुकाम तथा चन्द्रगढी विमानस्थल आवागमन गर्ने धुलाबारी–भद्रपुर सडकमा पर्ने हडिया पुलमा भ्वाङ परेपछि सार्वजनिक यातायात अवरुद्ध भएको छ । भद्रपुर ९ र मेचीनगर १५ को सिमानामा रहेको हडिया खोलाको पक्की पुलको पश्चिम भाग भद्रपुर खण्डमा दुई वर्ष वर्षअघिदेखि भ्वाङ परेको भए पनि मर्मत नहुँदा…
झापा, ५ मंसिर । स्थानीय तह उप निर्वाचनको मिति नजिकिएसँगै झापाको कनकाई वडा नं. ६ मा चुनावी सरगर्मी बढेको छ । उम्मेदवार र मतदाताबीचको गरमागरम छलफल र बहसले चुनावी माहोल तातिएको छ । जिल्लाका प्रमुख राजनीति दलहरु आगामी १६ गते हुने उपनिर्वाचनको तयारीमा होमिएका छन् । स्थानीय तह निर्वाचनको आधा कार्यकाल अर्थात् अढाइ वर्षपछि हुन लागेको उपनिर्वाचनमा शक्ति परीक्षण समेत हुने भएकाले दलहरुले उपनिर्वाचनलाई महत्वका साथ हेरेका छन् । आफ्ना प्रत्यासी उम्मेदवारलाई बिजयी गराउन प्रमुख राजनीतिक दल सम्पूर्ण शक्ति लगाएर कनकाईको नतिजा आफ्नो पक्षमा ल्याउने तयारीमा जुटेका छन् । उपनिर्वाचनमा सबैको चासो बढेको छ । प्रमुख तीन ठूला दलले कनकाई…
इलाम, ४ मङ्सिर । नक्काली (फेक) फेसबुक आईडी बनाई महिलाको चरित्र हत्या गरी सामाजिक रुपमा दु:ख हैरानी दिने व्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने देश भारत आसाम राज्य, जिल्ला नगाँउ, कोलियावर सुलुङ ढोलपानी घर बताउने २१ वर्षीय प्रशान्त दास रहेकोका छन । निजले फेसबुक आईडीबाट चिनजान भएका जिल्ला इलाम सुर्योदय नगरपालिकाका १ महिलाले चलाउने गरेको फेसबुकबाट निजको परिवारको फोटो तानी महिलाको अन्य आफन्तको नक्कली (फेक) फेसबुक आईडी बनाई सो आईडीबाट महिला समेतको फोटो पोष्ट गरी चरित्र हत्या गरी दु:ख हैरानी दिने गरेको र अश्लिल यौनजन्य फोटोहरु समेत पठाउने गरेकोले निजलाई मिति २०८१।०८।०३ गते प्रहरी चौकी फिक्कल इलामबाट…
रुकुम, ४ मंसिर । रुकुमपश्चिममा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन्। उनले चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए। सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ। मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। प्रहरीका अनुसार…
भद्रपुर, ४ मंसिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । कार्यालयको…
झापा, ४ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरी पक्राउ गरेको छ । हिजो साँझ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको मे.९ प.९०३७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको थियो । मोटरसाइकल चालक झापा गाउँपालिका–५ का २४ वर्षीय देबेन्द्र चौधरी र पछाडी सवार जिल्ला झापा बिर्तामोड–५ का ३५ वर्षीय सुरेश श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको हेडलाइटको पछाडी वायरिङ जडान भएको भागमा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप…
झापा, ४ मंसिर । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ। चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो। गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो। घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन्। यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन्। विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ। मालपोत कार्यालय…
झापा, ४ मंसिर । कोशी प्रदेशका कृष तथा सहकारी मन्त्री खेनगसिंह हाङ्गामले कृषि क्षेत्रमा गुणस्तर सुधार हुनुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोड–४ स्थित नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि (मसाल उद्योग)को सोमबार उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री हाङ्गामले कृषि क्षेत्रमा गुणस्तर र परिणाममा सुधार आउनुपर्नेमा जोड दिनुभयो । “विकास निर्माण होस्, शिक्षा होस् वा कृषि होस् सबै क्षेत्रमा गुणस्तर र परिणाममा सुधार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “त्यसले मात्रै मुलुकको विकास हुन सक्छ ।” गुणस्तरीय वस्तुले मात्रै राष्ट्रिय–अन्तर्राष्टिय स्तरमा स्थापना बनाउन सक्ने उहाँको भनाइ छ । उहाँले एभरेष्ट कार्डामम प्रोडक्सनलाई समेत गुणस्तरी वस्तु उत्पादन गर्न सुझाव दिनुभयो ।…
झापा, ४ मंसिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर…
झापा, ४ मंसिर । हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।…