
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, १८ पुस । दक्षिणी झापाको कचनकवल गाउँपालिका–२ बगलामारीस्थित नारायण सिंह राजवंशीको खेतमा भएको आगलागीबाट ठूलो क्षति भएको छ। बिहिबार बिहानको राति अचानक लागेको आगोले राजवंशीले ३ विघा खेतमा लगाएको धानका दुई कुन्यु पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीका कारण २०० मन धान र पराल जलेर अन्दाजी तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आगलागीको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक रोहित बहादुर मगर नेतृत्वको टोली र प्रहरी चौकी पथारियाका प्रहरी सहायक निरीक्षक निर कुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेका थिए। आगो नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीको सहकार्यमा…
झापा, १८ पुस । कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले मुलुकको दिगो विकास र राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्नुपर्नेमा बताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार साझामञ्च मिडिया प्रालि अन्तरगत सञ्चालिन साझामञ्च अनलाइन डटकमको १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले निर्वाचन प्रणाली फेर्ने सन्दर्भमा बहस समेत चल्न थालेको बताउनुभयो । “स्थायी सरकार नहुँदा मुलुकमा भनेजसरी विकास हुन सकेको छैन”, उहाँले भन्नुभयो, “राजनीतिक स्थिरताका लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्छ ।” समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत पाउने गाह्रो भएको बताउँदै उहाँले आरक्षित गर्नुपर्ने समुदाय र वर्गलाई प्रत्यक्ष निर्वाचन प्रणालीमातर्फ नै समावेश…
झापा, १८ पुस । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् । बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको चार सय ७७ मिटर लामो डी…
बिर्तामोड, १७ पुस । साझामञ्च मिडिया प्रालिले साझामञ्च डटकमको १२ औं स्थापना दिवस मनाएको छ । संस्थाले आठौं र नवौं वार्षिक साधारणसभासँगै आज बिर्तामोडमा स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थामा आबद्ध तीन जना पत्रकारलाई ‘साझामञ्च दशक सम्मान’ समेत प्रदान गरेको छ । साझामञ्च मिडिया प्रालि.का उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार पत्रकार द्रोण अधिकारी, सरोज भट्टराई र उमानाथ भण्डारीलाई नगद ११ हजार एक सय ११ रुपैयाँसहित कदर–पत्रले सम्मान गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं लगायतले उनीहरुलाई कदर पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा…
बिर्तामोड नगरपालिकाको निःशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धी १५ दिने सूचना !
झापा, १७ पुस । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढाइने बताउनुभयो । आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको मन्त्री अधिकारीले बैठकलाई जानकारी गराउनुभयो । एक हजार भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, पाँच हजारसम्म निवेदन परेका जिल्लाको २ वर्ष र पाँच हजारभन्दा…
झापा, १७ पुस । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (सहारा नेपाल साकोस) शेयर पुँजी १ अर्ब ६७ करोड नाघेको छ । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी १ अरब ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रहेको छ । यसैबीच, आज दुर्गापुर सेवाकेन्द्रको एकाईगत साधारण सम्पन्न भएको छ । दहीझोडा समूह नं. १३ की अध्यक्ष खगेन्द्रमाया खनालको अध्यक्षता एवम् कनकाई वडा…
झापा, १७ पुस । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा…
झापा, १७ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा ‘भूमि समस्या समाधान’सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले त्यस्तो व्यक्तिले सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने बताउनुभयो । “अहिले जग्गा जमिन कहाँ, कस्तो छ, सबै ‘डिजिटलाइज प्रणाली’मा राख्ने काम भइरहेको छ, व्यक्तिको देशभर कति जग्गा छ भनेर निकाल्न सक्ने प्रविधिको विकास भएको छ”, सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै मन्त्री अधिकारीले भन्नुभयो, “कुनै व्यक्तिले अन्त जग्गा भएर झुक्काएर आयोगबाट जग्गा…
कचनकवल, १७ पुस । झापाको कचनकवल गाउँपालिका–७ तारावनामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आज बिहान दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न गएका स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी गम्भीर घाइते भएकी थिइन्। उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो। घाइते अवस्थामा उनलाई उपचारका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई ओम साई पाथिभारा अस्पताल रेफर गरेर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर नेहेंगी तामाङले जानकारी दिनुभयो घटनाको समयमा केलाबत्ती राजवंशीसँग उनका…