
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १५ चैत । बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ । यस…
शिवसताक्षी, १४ चैत । श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले सञ्चालन गरेको सात दिवशीय उद्घोषण तालिमको आज समापन गरेको छ । राष्ट्रिय मह दिवसका अवसरमा श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले चैत्र ७ गतेबाट सुरु गरेको उद्घोषण तालिमको आज समापन गरेको हो ।तालिमको समापनमा कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहोराले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् । सहकारीले संस्थामा आवद्ध भएका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन तथा महिलाहरुले पनि पुरुष जतिकै काम गर्न सक्छन भन्ने उद्देश्यले उहाँहरुको क्षमता विकास लागि तालिमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक देवीकुमारी दाहालले बताइन् । उनले महिलाहरुले सञ्चालन गरेको सहकारीले विगतदेखि…
द्रोण अधिकारीभद्रपुर, १४ चैत । ६ वर्षयता निर्माण अवधि थप नहुँदा निर्माण रोकिएर अलपत्र परेको झापा सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको रोकिएको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्र लिएर भद्रपुरका नगर प्रमुख नेतृत्वको टालीसित प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । सो टोलीमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभाका काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४ र ७ का वडाध्यक्ष, कार्यपालिकाका सदस्य सहभागी प्रतिनिधिमण्डलले अलपत्र अवस्थामो रहेको सभा गृहको निर्माण कार्य पुनः सुचारु गर्न ज्ञापनपत्र…
धूमपान छोड्नु् – विशेषज्ञहरु भन्छन्, धूमपानले पुरुषको प्रजनन क्षमतामा ह्रास मात्रै ल्याउने होइनकि बीर्य उत्पादनमा समेत कमी ल्याउछ । विशेषज्ञहरुले उत्पादन भईहालेपनि बीर्यको गुणस्तरमा समेत ह्रास ल्याउने बताउछन् । त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धूमपान गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप व्लडप्रेसर आफसेआफ बढछ् । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ । नियमित व्यायम गर्नुस् – नियमित व्यायम गर्ने व्यक्तिको मोटोपनाको साथै तनाव समेत घटछ् । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात…
वासिङ्टन, १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् । ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताएको छन भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिएको छन । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताएको…
काठमाडौँ, १४ चैत । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ…
काठमाण्डौ , १४ चैत । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको सार्वजनिक ‘ड्र’ भएको छ ।महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया…
ओडिसा, १४ चैत । भारतको ओडिसास्थित भुवनेश्वर राममन्दिर चोकबाट निस्केको कांग्रेसको र्यालीले संसद् परिक्रमा गर्ने क्रममा हंगामा मच्चिएको छ । प्रहरीले कांग्रेस नेताहरूलाई कुटपिट गरेका छन् भने सोही क्रममा कांग्रेस कार्यकर्ताले ढुंगा हानेका थिए । बिहीबार प्रहरीले पानीको फोहोरासँगै अश्रुग्याससमेत प्रहार गरेको थियो । एकअर्कालाई कुर्सी र लाठी हान्दा महात्मा गान्धी मार्ग युद्धक्षेत्रमा परिणत भएको थियो । कांग्रेस कार्यकर्ताहरूको टाउकोमा चोट लागेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे पनि कांग्रेस कार्यकर्ता पछि हटेका थिएनन् । प्रशासनले गोली चलाए पनि आफूहरू पछि नहट्ने कांग्रेस नेताहरूले बताएका थिए । यसअघि ओडिशा प्रदेश…
विराटनगर, १४ चैत । मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १३ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ५ ग्रामसहित सुनसरीको धरान–१३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी–२ का ३१ वर्षीय सन्दिप कटुवाललाई ३ ग्राम ब्राउनसुगरसहित र पथरी शनिश्चरे–१० का ३२ वर्षीय प्रेमबहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७…
धनकुटा, १४ चैत । धनकुटाको शहिदभूमि गाउँपालिका–१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमि–१ का २५ वर्षीय अभिषेख विक समेतलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।