
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ चैत । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
झापा, ११ चैत । रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक महत्वपुर्ण रह्यो। ओपनर रचिन ६५ रनमा अविजित रहे। रचिनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रितिराजले २६ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५३ रन बनाउँदा क्याच आउट भए। रविन्द्र…
झापा, ११ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ। सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनचट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको…
झापा, ११ चैत । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ…
बिर्तामोड, ११ चैत । रक्तदानका लागि सहजता ल्याउने उद्देश्यले घुम्ती रक्त संकलन बाहनको खोजी गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले रक्तदानका लागि सबैलाई पायक पर्ने सार्वजनिकस्थल एसियन हाइवे विस्तारसँगै प्रभावित हुने देखिएपछि उपशाखा घुम्ती रक्त संकलन बाहन खोजीको योजना अघि बढाउने भएको हो । उक्त कार्यका लागि उपशाखाका अध्यक्ष मनोज अग्रवाललाई बैठकले जिम्मेवारी दिएको उपसचिव रंगलाल न्यौपानेले जानकारी दिनुभयो । बिर्तामोडको मुक्तिचोक नजिकै रहेको दुर्गा मन्दिर हाइवे विस्तारका क्रममा भत्किने निश्चित भएपछि रक्तदानका लागि पायक पर्ने सार्वजनिक स्थलको पनि खोजीका लागि कार्यसमिति सदस्य मिजास पोखरेललाई संयोजक तोकेर जिम्मेवारी दिइएको छ । त्यसैगरी, रक्तदानका लागि आवश्यकीय भौतिक सामग्रीको…
बिर्तामोड, १० चैत । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरिएको छ । बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना र…
झापा, १० चैत । झापाको गौरीगञ्ज गाउँपालिकाकाबाट प्रहरीले आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसानगञ्ज–२ पलसाहका २३ वर्षीय सलम बरिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गौरीगञ्ज गाउँपालिका–१ स्थितमा लागुऔषध ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सलमलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकबाहेक ४ ग्राम ५५ मिलिग्राम फेला परेकोले उक्त लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लक्ष्मीपुर, १० चैत । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् । गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । सहारा नेपालका लेखा अधिकृत समेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् । आज परेको गिरीको जन्मदिनको अवसर पारेर उहाँकी श्रीमती मिना गिरीसहितले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक बितरण गरेका हुन् । गिरीले प्रत्येक वर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । स्थानीय जेष्ठ…
राजेश ढुंगानासरकार नै आन्दोलनमा ! यस्तो अचम्ममा संसारमा अन्त कहीं कतै देखिन्न, सुनिन्न । तर, नेपालमा सुनियो ! चैत्र ११ देखि २० गतेसम्म प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको पार्टी एमालेले आन्दोलनको घोषणा गरेको छ । यो भन्दा हाँस्यास्पद कुरा केही हुन सक्छ ? संसारमा, हाम्रै देशमा पनि सरकारका विरुद्ध आन्दोलन हुन्थे, हुन्छ पनि । तर, नमरी बाँचे धेरै थोक देखिन्छ भन्ने कहावत एमालेको आन्दोलन घोषणाले चरितार्थ गराएको छ । आफैं सरकारमा बसेर कसका विरुद्ध आन्दोलन गर्ने हो ? एमालेले त्यो कुरा स्षष्ट नभने पनि राजा र राजावादी शक्तिसँग आत्तिएर यो असंगत आन्दोलनको घोषणा भएको हुनु पर्छ । एमालेले के बुझ्न जारी…
झापा, १० चैत । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।