
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ९ चैत । सुनसरी दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी–७ की ६० वर्षीया देउकुमारी खाँ रहेकी छिन् । चैत्र ०८ गते दिउसो दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र १–०२–००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक दुहबी–७ का ५५ वर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
झापा, ९ चैत । सुनसरी र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चैत ८ गते सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल १ हजार ५० क्याप्सुल र धरान–११ का २१ वर्षीय कमलहाङ राईलाई लागुऔषध ब्राउनसुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–४ का २१ वर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
झापा, ९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकबाट सशस्त्र प्रहरीले करिब एक हजार छ सय ३६ किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले जनाएको छ । ट्रकसहित धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेतल पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईको…
बुद्धशान्ति, ९ चैत । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले आफ्नो चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस भव्य रुपमा मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा एवम् स्थापना दिवस मनाइएको हो । सभाको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि गिरीले प्रविधिको विकाससंगै पत्रकारीता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गएकाले सञ्चारकर्मीहरुले ती चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक वजेट विनियोजन गर्न…
चन्द्र बस्नेतकनकाई, ९ चैत । झापाको कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम दिँदै नगरपालिकाले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको हो । नगरका नौ वटै वडामा रहेका विभिन्न महिला समूहलाई आफ्नै ठाउँमा पनि केही उत्पादनमुलक तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन थालेको हो । चालू आर्थिक वर्षमा कनकाईका नौ वटै वडामा रहेका सबै महिला समूहको माग र आवश्यकता आधारमा साबुन, सरफ बनाउने, झोल साबुन, हर्पिक, फिनेल, सिलाई कटाइ, माला, झोला, ब्युटिसियन, पञ्चेबाजा, ड्राईभिङ्ग तालिम, उद्घोषण, माइन्युट लेखन, मन्टेश्वरी लगायतका तालिम दिइरहेको छ ।…
झापा, ९ चैत । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहनु भएको थियो । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उहाँका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन । विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उहाँ अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता…
झापा, ९ चैत । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल…
सिरहा, ९ चैत । महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यलेका अनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव महानिरीक्षक आचार्यले बताउनुभयो । यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए…
झापा, ९ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। आज बिहान कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यी दुई प्रदेशका केही भूभागमा राति पनि वर्षा भएको थियो। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थनमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देकका बाँकी प्रदेशका एकदुई स्थानमा पनि…
झापा, ८ चैत । अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका वडा नं। ६ कालीखोला हुँदैं भारतबाट नेपालतर्फ आउँदैं गरेको डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा कारको सिटमुनि फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोविल तथा मोटर पार्टसहरु फेला परेको थियो । अन्दाजी रु १ लाख १५ हजार ५८२ बराबरको सामान र अन्दाजी ८ लाख बराबरको कारसहित कार चालक भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा…