झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट आज बेलुका नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बा ८ च १३३८ नम्बरको नेपाली स्कोर्पिओ गाडी भारतको पानीटंकी लगेर उक्त गाडीको च्यासिस नं. काटेर डब्यूबी ७४ एन ३१७२ नम्बरको भारतीय स्कोर्पियो गाडीमा फिट गरेर नेपाल ल्याउँदै अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक शम्शेरबहादुर कार्कीले जानकारी दिनुभयो । उक्त स्कार्पियो गाडीसहित चालक मोरङ पथरी शनिश्चरे नगरपालिका– ८ का ४१ वर्षीय इश्वरी भण्डारी र उक्त गाडीमा सवार भारत नक्सालबारीका ३५…

Read More

झापा, ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्‌बाटै स्पष्टीकरण सोधिएको थियो । कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर देखाइएको थियो। कार्यसम्पादन मूल्यांकन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर शून्य नम्बर दिने निर्णय गरेका थिए । कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए । कुलमान २०७८ साउन २५ गते प्राधिकरणको…

Read More

झापा, ११ चैत । झापामा विश्व क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजनामा झापा गाउँपालिकामा बिरामीलाई पोषण सामग्री वितरणसँगै सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा झापा गाउँपालिकाका २८ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको थियो । चना/ मटर एक/एक केजी र एक क्यारेट अण्डा वितरण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपाने लगायतले बिरामीलाई पोषण सामग्री वितरण गर्नुभएको थियो ।

Read More

भद्रपुर, ११ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट दुई युवालाई लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–५ का ३३ वर्षीय भुपेन्द्र लावती र बिर्तामोड–५ का २३ वर्षीय राजिब चौधरी रहेका छन् । आज बेलुका भद्रपुर नगरपालिका–५ मेचीबिट स्थित मेचीबिटबाट खटिएको प्रह भोला खडकाको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ९९७७ नम्बरको मोटरसाइकल चालक लावती र सोही मोटरसाइकल पछाडि सवार चौधरीले बोकेको तरकारी झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ९ ग्राम १९…

Read More

गौरादह, ११ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजना र झापा क्षेत्र नं ५ को संयोजनमा झापाको गौरादहस्थित विपी स्मृति भवनमा ५ नम्बर क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ‘संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे रहनुभएको थियो । उहाँले प्रत्येक वडामा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई प्रतिनिधि बनाएर पठाइए पनि कतिपय वडामा प्रतिनिधि नपुगेको गुनासो आएपछि आफूहरु नै प्रतिनिधि भएर सबै वडामा पुग्ने अभियानमा रहेको बताउनुभयो । पार्टीका उपसभापति केशवराज पाण्डेले पार्टीको केन्द्र, प्रदेश र जिल्लाले सञ्चालन गरेका अभियानले पार्टीलाई चलायमान बनाएको बताउँदै टोल…

Read More

इनरुवा, ११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड ९शिक्षक०ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा…

Read More

सविता पाण्डेइलाम, ११ चैत । बालिका बलात्कार गरेको आरोपमा माइ नगरपालिका–२ का २४ वर्षे केशव गिरीलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई ६ गते साँझ फकाइ फुल्याइ माई नगरपालिका–२ सितली स्थित चिया बगानमा लगेर बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा घटना मिलाउन पिडक पक्षलाई नगद दिने माई नगरपालिका–२ बस्ने वर्ष ५८ को केदार नाथ गिरी, सोही स्थान बस्ने बर्ष ४३ को यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने वर्ष ३८ को पाँचथरे भन्ने तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो । पक्राउ…

Read More

फिक्कल (इलाम), ११ चैत । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रमअन्तर्गत रु। ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् । स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार एको छ । आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन…

Read More

सन्तोस शर्मा झापा, ११ चैत । झापामा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । सोही अवधिमा सात सय जना नयाँ क्षयरोगी समेत फेला परेको उहाँले बताउनुभयो । गत आव २०८०÷८१ क्षयरोगबाट संख्या ४८ जनाको मृत्यु भएको थियो । खकार परीक्षणबाट पत्ता लागेका चार सय १२ जना, एक्स–रेबाट एक सय दुई जना र शरीरका अन्य भागमा क्षयरोग देखिएको एक सय ८६ जना गरी कूल सात सय जना नयाँ क्षयरोगी फेला परेको कार्यालयले जनाएको छ ।…

Read More

झापा, ११ चैत । झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका देश भारत जिल्ला किसानगन्ज–२ का २३ वर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका–७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी…

Read More