
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० चैत । इन्डियन प्रिमियर लिग अर्थात् आईपीएल २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको छ। शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। टस जितेर बलिङ गर्ने निर्णय गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै १७५ रनको लक्ष्य दिएको थियो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन र कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए।रोयल च्यालेन्जर्स बैंगलोरले १६।२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य हासिल गर्यो।…
धनगढी, १० चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए। उनलाई घाइतेपछि उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना पुर्याइएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर गरियो। तर, भारत लैजानुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। दुर्घटनामा संलग्न स्कुटी चालक,४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
झापा, १० चैत । झापाको मेचीनगर नगरपालिका–४ स्थित वैभव भेनियर (प्लाइ) उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ११ः३० बजे उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानीय पालिकाहरुको सात वटा दमकल, अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेना, इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोली, सशसत्र प्रहरी बल नेपाल काँकरभिट्टाको टोली र स्थानीयबासीको सहयोगामा दिउँसो ३ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० चैत । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा मोटरसाइलक आफैंँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते युवाको मृत्यु भएको छ । चैत २ गते राति बाह्रदर्शी गाउँपालिका–६ नारायणचोक नजिकै उत्तर–दक्षीण भित्रि सडक खण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोटरसाईकल चालक सोही स्थानका ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चैत ९ गते राति ९ः२५ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज…
झापा, १० चैत । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ। काँकडभिट्टा–लौकही सडक योजना ९पूर्वी खण्ड० दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको जानकारी दिए। उनका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो। एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण…
कनकाई, ९ चैत । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कनकाईस्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । साकोसले आज सुरुङ्गामा रक्तदान, दन्त परीक्षण, आँखा शिविर, वित्तीय शिक्षा, सदस्य सम्मान तथा पुरस्कृत, विद्यार्थीलाई ब्याग वितरणलगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । साकोसका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि चम्लागाई, भृकुटी मावि दुर्गापुरका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्यय, लालपानी माविका प्रधानाध्यापक बालकृष्ण प्रसाई, भगवती साकोसका उपाध्यक्ष तोम बाह्रकोटीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । सोही कार्यक्रमका बिच भृकुटी…
चन्द्र बस्नेतकनकाई, ९ चैत । कनकाई वडा नं. १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समूहको आयोजनामा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा नं. १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा ‘सामाजिक एकता हाम्रो प्रतिबद्धतासहित सीप सिकौं अर्थोपार्जन गरौं’ भन्ने मुल नाराका साथ समूहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम आज सम्पन्न भएको हो । समूहकी अध्यक्ष इन्दिरा भुजेल (मञ्जु) को सभापतित्वमा भएको तालीमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटी रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सिकेको सीपलाई सदुपयोग गरेर आत्मनिर्भृर बन्न आग्रह…
द्रोण अधिकारीभद्रपुर, ९ चैत । आफ्नो देशमा सुन्दर भविष्य नदेखेर अर्काको देशमा दास बन्न लाखौं खर्चेर उतै हराउने युवाको जमात बढिरहेको नेपाली समाजमा खेतबारीमा रमाएर जीवन चलाउने युवा पाउन मुस्किल परिरहेको समयमा उमेरले ३० वर्षमा दौडिरहेका भद्रपुर १० चन्द्रगढीका युवा नारायण सुवेदी बिहान उज्यालो भएदेखि बेलुका साँझ नपरुञ्जेल खेतबारीमै पसिना बगाइ रहेको भेटिन्छन् । आफ्ना उमेर समूहका दौतरी विदेशमा दौडिरहेको वर्तमानमा सुवेदीलाई भने आत्मादेखिनै यो देश र समाजको मायाले नछोडेपछि परिवार धान्न यहीँको माटोमा पसिना बगाउन भ्याइ नभ्याइ छ । भद्रपुर १० चन्द्रगढीको कलवलगुरी प्रशिक्षण केन्द्र पूर्वपट्टि रहेको आफ्नै जमीनमा वि सं २०७५ सालदेखि गतिशील कृषि फर्म सञ्चालन गरिरहेका सुवेदीले…
सुरुङ्गा, ९ चैत । झापाको अर्जुनधारा नगरपालिका–५ मा रहेको ऊँ दशनामी समाजको स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । अर्जुनधारा–५, कनकाई–८ र बिर्तामोड–२ मा रहेका दशनामी बन्धुहरुको साझा संस्थाले प्रथम स्थापना दिवस तथा बार्षिकोत्सव आज (शनिवार) धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीमा विविध कार्यक्रम गरेर मनाएको हो । ऊँ दशनामी समाजका कार्यवहाक अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापा अध्यक्ष तथा झापा गोल्ड कपका अध्यक्ष केदार गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सदस्यलाई सम्मान तथा प्रमाण पत्र वितरण, परिकल्पनाकार सदस्यहरुलाई सम्मान र आजीवन सदस्यहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको संस्थाका सचिव कुलबहादुर…