
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ,चैत्र, २ चैत । सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप–महानगरपालिका–१४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल–१२५ ट्याब्लेट र स्पास्पेन–१२५ चक्कि सहित पक्राउ गरेको हो । त्यसैगरी झापा दमक नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलिले झापा दमक –९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन –२० क्यापसुल लागू औषधी सहित पक्राउ गरेको छ ।
झापा, २ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज कुबेती दिनार, अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको मूल्य बढेको छ। पाउन्ड, बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने यथावत छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको…
झापा, २ चैत । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ । सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०/०८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । चार वर्षमा अङगभङ्ग भएका ५४ जनामध्ये चालू आवको पुससम्ममा १० जना,…
झापा, २ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली…
बुद्धशान्ति, १ चैत । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले एकआपसमा शुभकामना साटासाट गरि होलीमिलन कार्यक्रम मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वाग्ले, प्रेस क्लबका सल्लाहकार गङ्गाराम गड्तौला, संस्थापक सचिव दिपेन लावती लगायतले होलीको शुभकामना दिएका थिए । क्लबका सचिव रोशन भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । होली मिलन कार्यक्रममा प्रेस क्लबका पदादिकारी, सदस्य…
झापा, १ चैत । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो । बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० हजार क्षतिपूर्तिको पनि सजाय निर्धारण गरिएको रेग्मीले बताए…
झापा, १ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २४ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा…
झापा, १ चैत । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज तराईका जिल्लामा होली मनाउन लागिएको हो। आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन लगायत जिल्लामा होली मनाइँदै छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ। सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको…
झापा, १ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही…
कनकाई, १ चैत । झापाको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतीक भएकाले अनुशासित मर्यादित तथा व्यवस्थित भएर पर्व मनाउन नगर बासीमा आग्रह गर्नुभएको छ। रङहरूको विशेष पर्व होलीको अवसरमा शुक्रबार बिहान एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइने नगर प्रमुख पोखरेलको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्त्व रहेको समेत उहाँले बताउनुभएको थियोे । ‘होलीको अवसरमा सबै कनकाई नगरबासीमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, नगर प्रमुख पोखरेलद्वारा…