झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ पुस । मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका-४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ बाट बेलबारी नगरपालिका-२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६…

Read More

इलाम, १७ पुस । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी यही पौष २४ बाट निशान पदयात्रा सुरु हुने भएको छ । २४ देखि २६ सम्म निसान पदयात्रा गर्ने गरी तयारी थालिएको छ । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । करिब सय जना पदयात्री नेपाल–भारत पूर्वी सीमा मेचीबजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिने पदयात्रा आयोजक समितिले जनाएको छ । पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा त्यस दिन आउने छ । पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने…

Read More

झापा, १७ पुस । नेकपा (एमाले) बाट निस्किासित नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्। यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन् । उनले आज दिउँसो १ बजे बबरमहलमा पत्रकार सम्मेलन गर्दै छन् । पूर्वउपप्रधानमन्त्री एवं गृह र रक्षामन्त्रीसमेत रहेका उनले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे’ आज घोषणा गर्ने उनले बताएका छन्। यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।

Read More

झापा, १७ पुस । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् । मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर र गुम्बाको मर्मतसम्भारमा रु ३० लाख ३९ हजार एक सय ८० खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताए । यसमा सहरी विकास मन्त्रालयले रु २८ लाख पाँच हजार एक सय ९७ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार…

Read More

झापा, १७ पुस । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ…

Read More

झापा, १७ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ…

Read More

झापा, १७ पुस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन…

Read More

झापा, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको…

Read More

बिर्तामोड, १६ पुस । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वय तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा १५ दिने निःशुल्क बारिस्टा तथा सुसी तालिम शुरु भएको छ। वडाका युवालाई व्यावहारिक तथा व्यावसायिक सीप दिने उद्देश्यले तालिम शुरु गरिएको आयोजक संस्थाका डाइरेक्टर सन्जोक खरेलले बताउनुभयो । यो सीप सिक्न बीस हजारसम्म पर्ने भए पनि वडाका युवालाई प्रोत्साहन गर्न साथै स्कुलको सामाजिक उत्तरदायित्वलाई बहन गर्न कार्यक्रम गरिएको डाइरेक्टर खरेलले बताउनुभयो । तालिममा बिर्तामोड–३ का ३० जना युवाको प्रत्यक्ष सहभागिता रहेको छ । कार्यक्रममा बिर्तामोड वडा नं. ३ की जनप्रतिनिधि लक्ष्मी रोक्काले युवाले यसरी निःशुल्क पाएको तालिमलाई…

Read More

धनकुटा, १६ पुस । पर्यटक आकर्षित गर्न कोशी प्रदेशको पर्यटकीय नगरी भेडेटारमा १२ औ फुड फेस्टिभल सुरु भएको छ । फेस्टिभलको कोशी प्रदेशका पर्यटन मन्त्री षदानन्द मण्डलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै मन्त्री मण्डलले फेस्टिभलबाट पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुरु भएको फेस्टिभलमा स्थानीय परिकार, अर्ग्यानिक तरकारी फलफूल, कृषि सामाग्री, प्रदर्शनीमा राखिएको छ । १८ गतेसम्म गरि ३ दिन सञ्चालन हुने फेस्टिभलमा ५० हजार पर्यटक भित्राउने तथा दुई करोड बढीको कारोबार गरिने लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेस्टिभल कोभिड १९ का कारण…

Read More