झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, ६ मंसिर । झापाको दमक नगरपालिका–५ मा रहेको एक वटा पाउरोटी उद्योगलाई स्थानीय खाद्य टिमले शिल गरेको छ । दमक नगरपालिकाको खाद्य टोली र झापा जिल्ला खाद्य निरीक्षण समूहले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त उद्योगले दर्ता बिना सञ्चालन गर्दै आएको र पाउरोटी उत्पादनमा उत्पादन मिति, समाप्ति मिति, उद्योगको नाम र ठेगाना उल्लेख नगरेको पाइएको थियो । साथै, उत्पादनमा अखाद्य रङ मिसाएर पाउरोटी तयार पारिएको पुष्टि भएपछि उत्पादनलाई जफत गरी फोहोरमैला केन्द्रमा डिस्पोज गरिएको छ। सोही क्रममा उद्योगलाई शील गरिएको हो ।

Read More

दमक, ६ मंसिर । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ । लुङा प्रकाशन परिवारको आज बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक–सम्पादक सेसेमी से. नाल्बोले बताए । पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको हो । सोही समारोहका बीच दुई जना पत्रकारलाई…

Read More

उर्लाबारी, ६ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा आज बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको चिमरियाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका धिमाललाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं…

Read More

बिर्तामोड, ६ मंसिर । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने पशुपंछि…

Read More

ताप्लेजुङ, ६ मंसिर । ताप्लेजुङमा स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङ मैवाखोला गाउँपालिका–३ की साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार स्कुलबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो । बालिकाको शव पोस्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले बताए । यो गाउँमा दुई वर्षअघि पनि यस्तै तरिकाले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

Read More

झापा, ६ मंसिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३०…

Read More

झापा, ६ मंसिर । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई…

Read More

झापा, ६ मंसिर । झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक) मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो । पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कार्तिक मसान्तसम्म ७५ करोड ४८ लाख खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले बताए । चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको उनले जानकारी दिए । समग्रमा चालु आर्थिक वर्ष २०८१/०८२ को…

Read More

झापा, ६ मंसिर । आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर–५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा उनले विद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन् । विद्यार्थीहरुलाई विद्यालय नियमित आउन अभिप्रेरित गर्न चौहानले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा उपलब्ध गराएको सकेको सहयोग गर्ने प्रयत्न गरेको बताए । आफ्नी सानी छोरी आकृती, पत्नी शर्मिला चौहान र साथीहरुका साथ विद्यालय पुगेका चौहानले विद्यालयले आवश्यकता ठानेको अरु विषयमा पनि सहयोग गर्न तयार रहेको बताए ।

Read More

झापा, ५ मंसिर । रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । वडा नं. २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन घर्तिको मात्र मनोनयनपत्र परेको र अन्य कसैको पनि मनोनयनपत्र दाखिला नभएकोले मुख्य निर्वाचन अधिकृतले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

Read More