
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, २९ फागुन । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश गरेको छ । बिहीबार फिदिम मा।वि।को खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरीले चर्च व्वाइज युनाइटेड काठमाडौँलाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनलमा पुगेको हो । निर्धारित समयमा २/२ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुश मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च व्वाइजका तर्फबाट विदेशी खेलाडी तल्ला र सागर तिरुवाले मात्र गोल गरे । खेलको म्यान अफ द म्याच नमोबुद्धका गोलकिपर जयराथ शेख घोषित हुँदै नगद…
चन्द्र बस्नेतकनकाई, २९ फागुन । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार कनकाई र काकरभिट्टाको महिला फुटबल टिम भिड्ने भएका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बिहीबार आज भएको दोस्रो सेमिफाइनलको खेलमा कनकाईको महिला फुटबल टिमले ७(० को फराकिलो गोल अन्तरले शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमलाई पराजित गरे सगै कनकाईले काकरभिट्टा सगको भेट पक्का गरेकोआयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो । खेल अबदिभर कनकाईका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा ४ गोल लगाएको कनकाईले दोस्रो हापमा थप ३ गोल गरेसगै शिवसताक्षी माथी कनकाईको…
सरोज भट्टराईशिवसताक्षी, २९ फागुन । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेको ४ सडक कालो पत्रेको तयारी गरिएको छ । नगरको विनियोजित बजेटबाट निर्माण थालिएको चार सडक गरीजम्मा ४.५४ किमी सडक कालो पत्रेको तयारी गरिएको हो । जस अन्तर्गत शिवसताक्षीको दूधे – शिवगञ्ज ७५० मिटर सडक कालो पत्रेका तयारी गरिएको हो । सडकको सवबेस र बेसको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जुन सडक १० मिटर चौडा रहेको छ । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको काम अघि बढाइएको हो । शिवसताक्षी नगरको दुधे शिवगञ्ज सडकलाई चौडा गर्ने…
काँकरभिट्टा, २९ फागुन । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ…
‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो हुने देखिएको छ । पहिलो साता विहीबारसम्मको कलेक्सन साढे २ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । हलमा हेर्दा अधिकांश युवा दर्शक यो फिल्म हेर्न पुगेका छन् । डेढसय शोसहित शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो सप्ताहन्त पनि सुखद कमाइ गर्ने अनुमान…
काठमाडौं, २९ फागुन । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१र८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक…
बर्दिया, २९ फागुन । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ । तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
काठमाडौँ, २९ फागुन । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा…
लीलाराज खड्काबिर्तामोड, २९ फागुन । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो । जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् । बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताउनुभयो । हात्तीको दाराको टुप्पो काटिएको छ…
बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ। पालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो । भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने साथै पैदल यात्रु र सवारी साधनलाई समेत समस्या हुने गरेको छ । उक्त समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले बर्खा लाग्नु अगावै छतको पानीको निकास व्यवस्थापन गर्न घरधनीहरूलाई आग्रह गरेको हो।