झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई ,२३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरपारेर झापाको कनकाई ३ सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। नेपाल महिला संघ कनकाई नगरको आयोजनामा दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ३ स्थित सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। . नेपाल महिला संघ कनकाईकी सभापति रेनुका उप्रेती (मैनाली ) को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उप प्रमुख आशाशर्मा शिवाकोटी रहनुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले महिलाहरूका लागि अझै पनि जति अवसर पाउनुपर्ने हो त्यति पाउन…

Read More

चन्द्र बस्नेतकनकाई ,२३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिका वडा न.९ ले विविध सास्कृतिक कार्यक्रमका साथ जेष्ठ आमाहरूलाई सम्मान गरेको छ। यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध सास्कृतिक कार्यक्रम सहित वडाका सबै आठ वटै टोलका एक-एक जना जेष्ठ आमाहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा धनमाया न्यौपाने ,डुमोसरी राजबङ्शी ,बानसरी राजबङ्शी ,बुदिन मर्डी ,मनमाया मगर,तालामई हेमरम ,दुखनी चौधरी र रनमाया कार्की गरि टोलका ८ जना जेष्ठ आमाहरूलाई सम्मानित गरेको वडा सचीव जिसु मुर्मुले जानकारी दिनुभयो । कार्यपालिका सदस्य…

Read More

बनियानी, २२ फागुन । कचनकवल गाउँपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियानअन्तर्गत लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आमा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस अभियान अन्तर्गत गाउँपालिकाले (भोलि) शुक्रबार बिहान ११ बजे गाउँ कार्यपालिकाको सभाहल, बनियानीमा वृहत कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सम्पूर्ण स्वास्थ्य स्वयंसेविका, शिक्षिका, सामाजिक अगुवा व्यक्तिलगायतलाई सहभागिता जनाउन कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टर्राईले अनुरोध गर्नुभएको छ। हालका दिनहरूमा युवामा लागू पदार्थ दुर्व्यसनको समस्या बढ्दै गइरहेको छ, जसले आत्महत्या, अपराधिक गतिविधि तथा सामाजिक विकृतिहरू निम्त्याएको छ। यस समस्यालाई न्यूनीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ‘दुर्व्यसनविरुद्ध आमाहरू’ कार्यक्रम प्रारम्भ गरेको हो। आमाहरू आफ्ना बालबालिकासँग…

Read More

काठमाडौं , २२ फागुन । नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत १ गते (मार्च ७ देखि १४ ) सम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले…

Read More

ताप्लेजुङ, २२ फागुन। जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले…

Read More

सुनसरी, २२ फागुन। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ । उक्त स्थानबाट प्रहरीले ९ वटा…

Read More

बिराटनगर, २२ फागुन। झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २१ गते मोरङको मिक्लाजुङ गाउँपालिका– ७ का २४ बर्षीय राजन राईलाई इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्रामाडोल २०० क्याप्सुल र स्पासरेष्ट १६० ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे– १ का २० बर्षीय आकाश कंडेललाई ट्रमाडोल र स्पासपेन गरी जम्मा १४० चक्की सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकले चेकजाँचको क्रममा प्र.१.०१.००२ ह ६६०५ नम्बरको सिटी सफारी चालक सुनसरी हरीनगरा गाउँपालिका घर भई हाल कमल गाउँपालिका(–६ स्थित…

Read More

वालिङ, २२ फागुन । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउको अनुमति दिएको प्रहरीको भनाई छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले…

Read More

मनोज अधिकारीइलाम, २२ फागुन । सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ । “हामीले उत्पादन गरेको चियाले आफैँ रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिदैन । ” नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “हामी बिष खाँदैनौ, बिष बेच्दैनौ । विगत बर्षदेखि अग्र्यानिक उत्पादन गर्ने भनेर अभियान चलाईएपनि तथ्याङ्कहरुले बिषादीको प्रयोग देखाएकाले अब कडाइका साथ बिषादी नियमन गर्छौ ।” नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न…

Read More

चन्द्र पन्दाकताप्लेजुङ, २२ फागुन । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो । वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ सय रुपियाँ तोकेको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५ सय रुपियाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ । यसै गरी मूल्य दर तोके (निर्धारण) अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपियाँ छ…

Read More