
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ पुस । चर्चित बाल गायक सचिन परियारको आज उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा ९आइसियु० मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए ।
झापा, १८ पुस । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्र विन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्र विन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसुस गरिएको हो ।
झापा, १८ पुस । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ ९१० अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको…
बिर्तामोड, १८ पुस । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा १२ मा अध्ययनरत चेम्जोङ र महिलातर्फ कक्षा १२ कै जवेगू प्रथम भए । फाल्गुनन्द ५ पाँचथरका चेम्जोङले १६ मिनेटमा र माई १ इलामकी जवेगूले २२ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् । त्यस्तै, दौडमा पुरुषतर्फ कक्षा १० मा पढ्ने बिर्तामोड ५ का युकेश लिम्बू दोस्रो र कक्षा १२ मा पढ्ने कनकाई १ का कमल दुलाल तेस्रो भए । लिम्बूले १६…
शिवसताक्षी, १८ पुस । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम मंगलबार सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर नगर भरीबाट १४२६ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका छन् । नगरभरीबाट ४६० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा १७ जनालाई रातो र १४५ जनालाई निलो, १७५ जनालाई पहेंलो र १२३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए । परिचय पत्र वितरण कार्यक्रमको समापनमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले नगर भित्रका…
सरोज भट्टराईशिवसताक्षी, १८ पुस । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिका स्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको हो । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई यस वर्ष शिवसताक्षी नगरपालिका वडा नं. १० ले लगाउने भएको छ । वडा कार्यालयले माइमेलालाई व्यवस्थित बनाउन तयारी सुरु गरेको जनाएको छ । मेलालाई व्यवस्थित गर्न र कनकाई पुलमा भीड भाड कम गर्नका लागि कनकाई नदिमा बैकल्पिक पुल निर्माणका लागि काम सुरु गरिएको शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा माइमेला संयोजक हर्क सिुगले बताए । वडाध्यक्ष…
बिर्तामोड, १८ पुस । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ । महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार…
झापा, १८ पुस । वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न…
झापा, १८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा…
बिर्तामोड, १८ पुस । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलव्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । पूर्व बुट्टाबारी चौकदेखि पश्चिममा चारपाने चौकसम्म राजमार्गको १ सय मिटर दुरी भित्र सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको लागि कम्तिमा ५ धुर जग्गा आवश्यक रहेकोले कार्यपालिका बैठकको निर्णयानुसार सूचना सार्वजनिक गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा निःशुल्क जग्गा उपलब्ध गराउन इच्छुक दाताले कित्ता नम्बर तथा क्षेत्रफल खुलाएर १५ दिन भित्र नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आवश्यक जग्गाको अभावमा सार्वजनिक शौचालय निर्माणमा कठिनाई भएको बताउनु भयो…