
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ…
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्ला। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। वृष : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम रहेको छ। मिथुन : अवसरै अवसरले घेरिनु हुनेछ। मन खुसी र प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ। कर्कट : क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस…
झापा, १५ फागुन । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक…
शिवसताक्षी, १४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–९ मा नवनिर्मित सत्संग भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटनसँगै आज हस्तान्तरण समेत गरिएको छ । महाशिवरात्रीको अवसर पारेर सामाजिक व्यक्तित्व तुलसादेवी ओलीले बनाइदिनुभएको उक्त भवन नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) र उपप्रमुख नरमाया कार्कीको उपस्थितिमा ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल चिल्लागढधाम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । ६८ वर्षीया तुलसादेवी ओलीले आफ्ना श्रीमान् यज्ञराज ओली (गोपाल) को प्रेरणामा करिब ७ लाख रुपैयाँ खर्चेर १०० जना भक्तजन अट्न सक्ने उक्त भवन निर्माण गरेकी हुन् । ३० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको हलमा धार्मिक तथा सामाजिक कार्यक्रमहरू सहज रूपमा गर्न सकिनेछ । कार्यक्रममा…
सन्तोष शर्माझापा, १४ फागनु । झापाको बिर्तामोड नगरपालिका–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । महिलाहरु घरबाट निस्किनु हुँदैन मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिनुभयो । विपन्न समुदायका विद्यार्थी अध्ययनरत मुस्मिल समुदायको धार्मिक विद्यालय मदरसा तालिमुल कुरान आविमा १४ जना शिक्षक र कर्मचारी छन् । जसमध्ये छ जना मुस्लिम समुदायका छन् भने छ जना अन्य समुदायका छन् । बाल विकासदेखि ६ सम्म पठनपाठन हुने आविमा सरकारले तोकेबमोजिमको पाठ्यक्रम अनुसार पठनपाठन हुन्छ । अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ७३…
बिर्तामोड, १४ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले सवारी दुर्घटनामा घाइते भई उपाचार्थ कार्यसमिति सदस्य पत्रकार सुरज प्रधानको उपचारमा नगद २६ हजार १० रुपैयाँ रकम सहयोग उपलब्ध गराएको छ । बिर्तासिटी हस्पिटलमा उपचारत प्रधानको उपचारमा सहयोग पुर्याउने उद्देश्यले फोनिज पूर्व अध्यक्ष, पदाधिकारी सदस्यबाट रकम संकलन गरी बुधबार अस्पताल पुगेर सहयोग रकम उहाँका बहिनी सीमा प्रधानलाई हस्तान्तरण गरिएको फोनिजका जिल्ला सचिव सन्तोष बेघा लिम्बूले जानकारी दिनुभयो । फोनिज कार्यसमिति सदस्य समेत रहनुभएका प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, फोनिजका जिल्ला अध्यक्ष अर्जुन राजवंशी, फोनिज जिल्ला कोषाध्यक्ष नरेश गुरुङ, जिल्ला सदस्य सर्जु आले…
झापा, १४ फागुन । झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । फागुन १३ गते दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ वर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर र मोरङ सुनवर्षी नगरपालिका–१ का २२ वर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका–६ का २२ बर्षीय अनिल राईको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । यसैगरी, फागुन १३ गते झापाको दमक नगरपालिका–६ स्थितबाट इलाका प्रहरी…
बिर्तामोड, १४ फागुन । नेपाल दशनामी समाज बिर्तामोड नगरपालिकाले महाशिवरात्रि पर्व तथा जग्गादाताका स्व. मानबहादुर गिरीको ५ औं स्मृति दिवस मनाएको छ । समाजले आज (बुधवार) बिर्तामोडस्थित नगर कार्यालयमा महाशिवरात्रि पर्वसँगै स्व. गिरीको ५ औं स्मृति सभा कार्यक्रम आयोजना गरेर मनाएको हो । कार्यक्रममा भगवान शिवजी र शंकराचार्यको तस्वीरलाई पूजा गरिएको थियो । साथै जग्गादाता मानबहादुर गिरीको तस्वीर फुलगुच्चा अपर्ण गर्दै उनले समाजमा पुर्याएको योगदानको उच्चमूल्याङ्कन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीले पानसमा दीपप्रज्वलन गरेर गरेका थिए । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रमको प्रमुख आतिथ्य रहेको…
झापा, १४ फागुन । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह गर्ने भएको छ । अर्जुनधारा धाम र विश्व हिन्दू परिषद नेपालको आयोजनामा आगामी बैशाख ३ गते सामूहिक विवाह गर्न लागिएको हो । धाम परिसरमा आज आयोजित पत्रकार भेटघाटमा २५ जोडीको निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधाम कार्य समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो । सामूहिक विवाहका लागि आर्थिक अवस्था कमजोर रहेकालाई विशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो । धामले विवाहका लागि इच्छुकहरुलाई निवेदन दिन आह्वान गरेको छ । नवविवाहित बरबधुलाई उपहारसमेत प्रदान गरिने अध्यक्ष गट्टानीले बताउनुभयो । सामूहिक विवाह गर्ने बरबधुले अभिभावकको अनुमतिसँगै आफू…
भद्रपुर, १४ फागुन । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो…