
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १७ फागुन । झापाको भद्रपुर नगरपालिका–४ स्थित इस्ट पोइन्ट इंग्लिस स्कूलले २५ औं रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्राङ्गणमा आज विविध कार्यक्रमका साथ स्कूलले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । स्कूलको शिक्षक अभिभावक संघ अध्यक्ष नानु ढुंगेलको अध्यक्षता तथा समाजसेवी दीलबहादुर थवेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थेवेले विद्यालयको श्रीबृद्धिमा सबैको भूमिका हुनुपर्नेमा जोड दिनुभयो । स्कूलले विद्यार्थीलाई उचित शिक्षा दिनुपर्ने बताउनुहुँदै उहाँले अभिभावकले समेत स्कूललाई साथ सहयोग दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा स्कूलका सञ्चालक राजेन्द्र घिमिरेले विद्यार्थीलाई शिक्षा मात्र नभई संस्कारयुक्त शिक्षामा स्कूलले प्रदान गरिरहेको बताउनुभयो…
झापा, १७ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू९भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना…
झापा, १७ फागुन । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए। उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन्। सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ। सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।…
मेष : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावमा पार्न सकिएला। शुभ समाचार सुन्न पाइनेछ। चुनौतीको सामना गर्नुपर्ला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि छ। वृष : दैनिक कार्यमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। आँटे-ताकेको पूरा हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। मिथुन : मनोरञ्जनमा सहभागी भइनेछ। नयाँ र शुभ समाचार सुन्नमा आउला। घरमा अतिथिको आगमन हुनेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। कर्कट : आयव्यय बराबरी हुनेछ। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। जे…
बिर्तामोड, १७ फागुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले सेवा लिएका छन् । ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धिको जाँचमा ६ सय ४१ जनाले सेवा लिएको नगरअस्पतालकी सिनियर नर्सिङ अधिकृत ओमकुमारी गुरुङले जानकारी दिनुभयो । नगरपालिकाले ४ वटा स्थानमा शिविर सञ्चालन गरेको थियो ।आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा १ सय ३५ जना, वडा नम्बर ९ मा १ सय १८ जना, वडा नम्बर १० मा १…
चन्द्र बस्नेतकनकाई, १७ फागुन । सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम झापाको कनकाईमा सम्पन्न भएको छ। कनकाई वडा न ८ को आयोजना कनकाई नगरपालिकाको संयोजन तथा कारितास जापानको आर्थिक सहयोगमा शुक्रबार आज कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा रहेको जेष्ठ नागरिक भवनमा सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कनकाई वडा न ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवालको सभापतित्वमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य वडाका जनप्रतिनिधि वडाका टोलविकास संस्थाका अध्यक्ष सहित पदाधिकारी , विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि…
इलाम, १६ फागुन । क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी पूरा भएको छ । इलामको ठुलो टुँडिखेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । शनिबारदेखि सुरु हुने प्रतियोगिता र उद्घाटन कार्यक्रमको तयारी सकिएको क्लबका अध्यक्ष धुव्र राईले जानकारी दिनुभयो । मैदान व्यवस्थापन लगायत प्रतियोगिता तयारी भएको उहाँले बताउनुभयो । महिला फुटबल प्रतियोगिता कमै मात्र हुने गरेकोले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिताले सघाउ पुर्याउने अपेक्षा रहेको क्लबका राईले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी क्लबमा अनुबन्ध भएका तीन खेलाडीहरू, सावित्रा भण्डारी, एन्जिला तुम्बापो लगायतका खेलाडी बाहेक नेपाली राष्ट्रिय टिमका…
ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका दुई विद्यालयका दुई सय बढी विद्यार्थी बिरामी भएका छन् । पालिकाको वडा नं ५ थुकिममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिको विद्यालयका प्रधानाध्यापक कमल चेम्जोङले जानकारी दिनुभयो । विद्यार्थी बिरामी भएसँगै विद्यालय एक साताका लागि बन्द गरिएको छ । सोही वडाको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि सोही किसिमको बिराम देखिएकोले उक्त विद्यालय पनि बन्द गरिएको बताइएको छ । मेरिङदेन गाउँपालिकामा बिहीबार विद्यालयले खबर गरेपछि शुक्रबार नै पालिकाको स्वास्थ्य टोली गई विद्यालयका विद्यार्थीमा परीक्षण गरिएको पालिकाका निमित्त कार्यालय…
भद्रपुर, १६ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा आज भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएको भने उपविजेतामा झापा ११ ले नगद ७ लाख पाएको छ । भद्रपुर ब्लेजर्सले खेलको ३० औं मिनेटमा अग्रता लियो थियो । डिबक्स बाहिरबाट मिलन राईको सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गोल गर्दै जीत निश्चित बनाए…
राजेश ढुंगाना हुट्टिट्याउँलेसगर थामेको दिन मात्रमेरोसूर्य उदाउने छअस्ताउने होइनउदाएर उदाएको–उदाएैचिरञ्जीवी सूर्य मात्रमेरो सपना होहो,फिस्टालेहुण्डरी ल्याएकोभोलिपल्ट बिहान मात्रमेरो समय हो तिमी मलाईमेरो सपना नसम्झाउतिमी मलाईमेरो विपना नझस्काउमलाई थाहा छमअब तिमीलाईविगत झैंवर्तमानकोसपना भत्काउनेछुट दिने छैन कदाचित अबछ्याङ्गआकाश भएको छु नीलोजहाँबाट सबथोक देखिन्छअब मफराक धरती भएको छुजहाँबाट अनन्त देखिन्छ जन्मनु अघि नैचिना लेखिइसकेको छमेरो आउने समयकोहो,अब ऊ पक्कै जन्मन्छ ।