झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मानिस खुसी हुँदा र दुःखी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जोकोहीलाई पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे सुनेका छौं तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ । त्यसैले आउनुस् हेरौं रुँदा हुने फाइदाका बारेमा १. रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ । ३. जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । ४. शरीरमा म्याग्नीज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन्…

Read More

काठमाडौं, १२ फागुन । कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालबाट धम्की आएपछि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की समेत आएको उनले उजुरीमा उल्लेख गरेका छन्। श्रेष्ठका अनुसार उनले यही फागुन ४ गते आफ्नो फेसबुकमा एउटा भिडिओ अपलोड गरेका थिए। त्यसको १ दिनपछि रिदय ताम्राकार (Ridaya Tamrakar) नामको फेसबुक प्रोफाइलले उनको परिवारको फोटो राखी उनको परिवारलाइ धम्की दिनुका साथै दिदीहरूलाई बलात्कार गर्ने धम्की दिएका हुन्। उनले उजुरीमा लेखेका छन्, म तथा मेरो परिवारलाई असुरक्षित महसुस गराएकोले सो कार्य नेपालको कानुनअन्तर्गत मुलुकी फौजदारी संहिता, विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत अपराध भएकाले सो आईडीको…

Read More

कचनकेवल, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । उहाँले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभयो । कोच, शेर्पा लगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो। जसरी पनि संविधान…

Read More

राजेन्द्र गौतमझापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताउनु भएको छ । अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय झण्डोत्तोलन गरेर अभियानको उद्घाटन गर्नुभएको हो । झापाको केचनाबाट पार्टीले संचालन गरेको तराई(मधेस जागरण अभियानको अहिले केहीबेर अघि उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ू झापा क्रान्ति र बिद्रोहका प्रतीकका रूपमा चिनिने जिल्ला हो ू उसबेला झापामा बिद्रोह गर्नेले त्यो बाटो नै छाडे, त्यो नै अहिले खतरामा छ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।ू उहाँले मुलुकको होचो भू(भागबाट सुरु भएको अभियानलाई अग्लो भू(भागमा जाने तयारीको संज्ञा दिनुभयो । माओवादीको देश्व्यापी अभियानले…

Read More

लमजुङ, १२ फागुन । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।रासस

Read More

सुन्दरहरैँचा, १२ फागुन । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो । अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुनसक्नुभएका थिएन । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गर्नुभएको थियो । साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताउनुभयो । मानसिक रूपमा सक्षम तथा…

Read More

झापा, १२ फागुन । विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो। लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा हार भोगेको पाकिस्तान भने अंकविहिन रुपमा पुछारमा छ। लगातार दोस्रो हारसँगै पाकिस्तान च्याम्पियन्स ट्रफीको उपाधि दौडबाट बाहिरिने लगभग पक्का भएको छ। अंक गणितीय सम्भावना मात्र जिवित रहेको पाकिस्तान सेमिफाइनलमा पुग्न अन्य नतिजा आफु अनुकुल आउनुपर्नेछ। भने अर्को खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्दै नेटरनरेट बलियो बनाउनुपर्ने…

Read More

झापा, १२ फागुन । झापाको अर्जुनधारा नगरपालिका–४ रातेखोलामा आज सोमवार बिहान आगलागी भएको छ । अर्जुनधारा–४ रातेखालका ६० बर्षिय लीलाबहादुर कटुवालको काठ र जस्ताको छानो भएको एक तल्ले भान्छा घरमा आगलागी भएको हो । आज बिहान ६ः३० बजेको समयमा आगलागीबाट भान्छा कोठा भित्र रहेको अन्नपात, भाडा वर्तन, काठपात पूर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा ७ः१० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, १२ फागुन । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका…

Read More

चन्द्र बस्नेतकनकाई, १२ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा भक्तजनको आगमन बृद्धि हुँदै गएको छ । फागुन ४ गतेदेखि शुरु भएको ११ दिवसीय महायज्ञ आगामी १५ गते बिहीबार समापन हुनेछ । समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। महायज्ञमा भक्तजनहरुको भिड बढ्न थालेको छ । जारी महायज्ञमा दिनप्रतिदिन भक्तजन बढ्दै गएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । महायज्ञमा भारतको सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा।मनिकुमार शर्मा,डा।जजमान गुरुङ ,सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ…

Read More