
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, १९ पुस । झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालय सञ्चालक परिवारलाई पितृ शोक परेको छ । हरिकुल नमूना माध्यमिक विद्यालयका सञ्चालक अशोक थापा, डम्बरबहादुर थापा, राजु थापा, अन्जु पाण्डे थापा र मिना सुवेदी (थापा) र विद्यालयकी प्रबन्ध निर्देशक गृशा रावल थापालाई पितृ शोक परेको हो । थापा परिवारका पिता इन्द्रबहादुर थापाको ७८ वर्षको उमेरमा आज निधन भएको छ । विभिन्न रोगबाट पीडित थापाको उपचारकै क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा आज साझ निधन भएको लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पूर्व अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभयो । स्वर्गीय इन्द्रबहादुका जेठो छोरा अशोक थापा बाहिर रहेकाले उनीआएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको…
मोरङ, १९ पुस । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राति ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को २३ प ६१७६ र प्रदेश १–०२–०४४ प १९ नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर–३ का १८ वर्षीय निकपाल यादव र १८ वर्षीय जितेन्द्र यादवलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो । चोरीमा संलग्न रहेका दुवै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
सिएन गौतमवास्तवमा सौन्दर्यशास्त्र एक दार्शनिक अध्ययनको शाखा हो ।जसले सौन्दर्य, कला, र संगीत जस्ता रचनात्मक अनुभवहरूको स्वभाव र मूल्यबारे छलफल गर्छ। यसले मानिसहरूको सौन्दर्यको भावना, कला र सौन्दर्यको मान्यता र तिनको प्रभावको बारेमा अध्ययन गर्दछ। तर अहिले ” सौर्न्दर्यशास्त्र र बजारीकरणको धारणा फरक छ।यसमा मानिस सुन्दर हुन चाहन्छ । अर्को भन्दा राम्रो हुन चाहन्छ । अरुबाट आफ्नो ध्यान खिच्न चाहन्छ । त्यसको लागि ऊ विभिन्न किसिमका उपायहरु अपनाउन तयार हुन्छ र बजारमा उपलब्ध भएसम्मका सौन्दर्य सामग्री प्रयोग गर्न खोज्दछ, अझ यो जिज्ञासा किशोर तथा युवाहरुमाझ असाध्य धेरै हुने गर्दछ ।तर मैले बुझेअनुसार सौर्न्दर्यशास्त्रभित्र पनि भयवाद लुकेको हुन्छ भन्ने हो। के…
बिर्तामोड, १९ पुस । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड–५ का दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज सम्मान गरिएको हो । विद्यालय र समुदायबीचको सम्बन्ध बलियो बनाउन उनीहरुलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, पाँच किलोमिटरको देवी रन दौड प्रतियोगिताका विजेतालाई आज पुरस्कृत गरिएको छ । प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू प्रथम भएका थिए । पुरुषतर्फ युकेश लिम्बू दोस्रो र कमल दुलाल तेस्रो भएका थिए । महिलातर्फ रेखा भण्डारी दोस्रो र पुनम…
झापा, १९ पुस । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले एक करोड २७ लाख युनिट विद्युत् उत्पादन गरेको छ । २०८० माघ १० गतेदेखि २०८१ मंसिर मसान्तसम्म एक करोड २७ लाख चार हजार तीन सय ११ युनिट विद्युत् उत्पादन गरेको झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवा (एलपी) लिम्बूले जानकारी दिनुभयो । उक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई विक्री गरेवापत रू नौ कराड २७ लाख ४१ हजार चार सय ७० आम्दानी भएको उहाँले बताउनुभयो । यस परियोजनाबाट उत्पादन भएको १० मेगावाट बिजुली विद्युत् प्राधिकरण दमक वितरण केन्द्र अन्तरगत बुलुचोक सब स्टेशन अन्तरगत राष्ट्रिय प्रसारणमा जोडिएको छ । “धेरै चुनौतीका बाबजुद…
झापा, १९ पुस । सशस्त्र प्रहरी वल ९एपीएफ० ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।
झापा, १९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज महँगिएका छन्। बिगत तीन दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५१ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। गएको…
बझाङ, १९ पुस । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा १ जनासहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुर धामीको ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको जनाइएको छ। बमबहादुर धामीको छोरीको भने उद्धार गरेर थप…
झापा, १९ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । शनिबार बिहान…
डम्बरकुमार निरौलामाईजोगमाई, १९ पुस । माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माईजोगमाई–४ नामसालिङमा रहेको नेपाल ज्योति माविको प्राङ्गणमा समापन भएको छ । माईजोगमाई गाउँपालिका भित्रका १ निजी विद्यालय र ८ वटा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा मार्च पास, भलिबल तथा एट्लेटिक्स तर्फका विभिन्न खेलहरु सम्पन्न भएको हो । माईजोगमाई गाउँपालिकाको आर्थिक लगानीमा विद्यालयको खेल मैदानलाई निर्माण गरेर उक्त खेल मैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । गत बर्षको राष्ट्रपति रनिङशिल्डमा नेपाल ज्योति माबिले झण्डा प्राप्त गरेको हो । कार्यक्रममा बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको थियो । बिभिन्न क्षेत्रमा बिभिन्न बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । माईजोगमाई…