
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेशमा दिउँसो…
बिर्तामोड, २६ पुस । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर भट्टराई को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सिता नेपाल, खिनादेवि मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा कार्यक्रममा झापा जिल्ला सहकारी संघ झापाका ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी…
कनकाई, २० पुस । झापाको कनकाई–१ जामुनबारीमा स्थित तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ । प्रतिष्ठानले आज प्रतिष्ठान परिसरमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर दिवस मनाएको हो । प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो । स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुषका साथै सांस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिनुभयो । खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कारसमेत प्रदान गरिएको खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले…
झापा, २० पुस । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि पुडासैनी कोठामै ढलेपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईनमा कार्यरत थिए। उनले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए। ३३ वर्षीय पुडासैनी केही दिनयता बिरामी रहँदै आएका थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए।
मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग गर्नेछन्। खेलकुद तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ। वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। मिथुन : रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ। कर्कट : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्छ। आफ्नो विचार र…
झापा, २० पुस । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ । गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा,…
झापा, २० पुस । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो। तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज पनि महँगिएका छन्। बिगत चार दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा…
झापा, २० पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा यतिबेला हुस्सु र कुहिरो छ। आज पानी पर्ने सम्भावना भने कतै देखिएको छ। महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत दिइएको छ। जसमा भनिएको छ, बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु…
झापा, १९ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । “वर्षे र चैते दुवै गरी चालु आवमा कुल…
झापा, १९ पुस । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ । कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय…