झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ । बुधबार साँझ मेचीनगर–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका मोरङ पथरी–शनिश्वरे नगरपालिका–६ का ३० वर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम (प्लाष्टिकबाहेक २ ग्राम) फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २४ माघ । समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गोविन्द लुवागुन सर्वसम्मत चयन भएका छन्। बुधबार झापाको सुरुङ्गामा सम्पन्न भेलाले लुवागुनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत चयन भएका छन्। त्यस्तै, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र दिपिका लोहार तथा कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएका छन्। सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी, र जयकुमार राई रहेका छन्। कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का इन्चार्ज तीर्थ सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल, प्रत्युष राना, जिल्ला…

Read More

झापा, २३ माघ । चिया उत्पादकहरूको नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिहरूले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गर्नु भएको हो । ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनु पर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखेका छन् । चिया उत्पादकहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल…

Read More

शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा रहेको छ । शिवसताक्षी नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र उहाँहरुको गुनासाहरुको सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले ज्येष्ठ नागरिकको आर्शिवाद र योगदानले आज हामी यहाँसम्म आइपुगेको बताउनु भयो । नगरप्रमुखले भन्नुभयो, ज्येष्ठ नागरिकसँगको भलाकुसारीबाट उहाँहरु समस्या र गुनासाहरुलाई केही मलपट्टी लगाउनका लागि आफ्नै योजनामा कार्यक्रम तय गरिएको हो । अशक्त बृद्ध बृद्धाहरुको आफ्ना गुनासाहरु नगरपालिका सम्म आएर भन्न सक्दैनन् त्यसैले पनि नागरिक भएकै स्थानमा थियो । मंगलबार शिवसताक्षीको ६ नं. वडामा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सम्पन्न भएको छ। शिवसताक्षीका…

Read More

बनियानी, २३ माघ । नेकपा माओवादी केन्द्रले सञ्चालन गर्न लागेको हुलाकी मार्ग केन्द्रित अभियानको तयारी तीब्र पारिएको छ । फागुन १२ गते झापाको कचनकवलबाट शुरू गर्न लागिएको अभियानको तयारी झापामा तीब्र पारिएको हो । बुधबार बनियानीमा भएको एक विशेष बैठकका बीच कचनकवल गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । बैठकमा वडाध्यक्ष तथा इन्चार्जहरुको रिपोर्टिङ तथा सुझाव संकलन गरिएको थियो । प्राप्त सुझावहरुलाई मध्य नजर गर्दै पार्टीका नेताहरूको कार्य विभाजन गरिएको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य ९अग्नी०ले जानकारी दिए । अभियानको शुरुवात गर्नुअघि पार्टीले रक्तदान, पत्रकार सम्मेलन, बजार सरसफाई, जनवर्गीय संगठन तथा मोर्चाहरुसग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यही…

Read More

भद्रपुर, २३ माघ । भद्रपुर झापा गोल्डकप २०८१ को मुख्य प्रायोजकका रुपमा सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलबीच सम्झौता भएको छ । आज भद्रपुरको चन्द्रगढी विमानस्थल अगाडि रहेको एयरपोर्ट होलटमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुख्य प्रायोजकको तर्फबाट सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपलका अध्यक्ष दीपककुमार पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतासँगै अब “सौर्य एयरलाइन्स तथा ओमसाई पाथिभरा हास्टिपल भद्रपुर झापा गोल्ड कप” को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । आगामी फागुन ७ गतेदेखि हुने प्रतियोगिता गम्भीर राई स्मृती संस्कारणका रूपमा फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले प्रतियोगता सम्पन्न…

Read More

झापा, २३ माघ । मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । धेरै घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ । त्यसमध्ये ४ जनाको शल्यक्रिया भइरहेको छ । प्रहरीले शुरुमा ५ जनालाई गोली हानेको र घटनालाई हत्या प्रयास, आगजनी र हतियारको जघन्य अपराधका रूपमा अनुसन्धान भइरहेको बताएको छ । अनुसन्धानकै क्रममा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । हालसम्मको अनुसन्धानले आक्रमणकोपछि आतंकवादी उद्देश्य नभएको पुष्टि भएको छ ।

Read More

सुनसरी, २३ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितबाट लागुऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २३ गते बिहान ५ बजे लागुऔषध ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा. ९च १७६८ नम्वरको कारलाई संका लागी चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसँगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको छ ।

Read More

बनियानी, २१ माघ । झापाको कचनकवलमा रहेको गन्धर्व समुदायको सांस्कृतिक उत्थानका लागि कोशी प्रदेश सरकारलेरू सात लाख बराबरको विभिन्न सामग्री प्रदान गरेको छ । झापाको कचनकवल गाउँपालिका–२ स्थित पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजले निर्माण गरेको संग्रहालयका लागि कोशी प्रदेश सरकारले रू सात लाख बराबरको बाजागाजा तथा संगीत उपकरणहरू प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदान गरिएको पञ्चेबाजा, विद्युतीय वाद्यवादन यन्त्रहरू, सारङ्गी, हार्मोनियम, ढोलक, गिटार लगायतका उपकरण आइतबार साँझ प्राप्त भएको समाजका अध्यक्ष रविन गन्धर्वले जानकारी दिनुभयो । सांस्कृतिक उत्थान, कला संरक्षण र समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले मन्त्रालयले ती सामग्री प्रदान गरेको उहाँले बताउनुभयो । “यो…

Read More

सुनसरी, १६ माघ । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई नियन्त्रणमा लिएको हो…

Read More