
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ माघ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१–८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०–८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१–८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले…
झापा, ८ माघ । झापाको बिर्तामोडमा आजदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदैछ । महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने हुनुभएको छ । आज महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जातजातिको भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुभेक्षुकको उपस्थितिमा नगर परिक्रमा गरिँदै छ । १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहनेछ । कृषिजन्यदेखि विभिन्न उत्पादन महोत्सवमा रहनेछ । महोत्सवमा बालबालिकाकादेखि ज्येष्ठ नागरिकसम्मले मनोरञ्जन र लाभ लिन सकिने छ । महोत्सवमा कृषि उद्यम र कृषि व्यापार विशेष प्राथमिकतामा राखिएको आयोजक संस्था बिर्तामोड उद्योग…
झापा, ७ माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई निःशुल्क प्रवेश गरिएको छ । भोलिदेखि शुरु हुने महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी आयोजक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेकोछ ।…
प्रकाश अधिकारी पृथ्वीका सबै कुराहरु असल र शुद्ध बनेका छन्, मानिसले तिनमा हात हाल्छ र ती कुराहरूलाई अशुद्ध र खराब तुल्याउँछ । ऊ जबर्जस्तीसँग एउटा माटोलाई अर्कै माटोमा हुने फसल पैदा गर्ने बनाउँछ । एउटा वृक्षलाई अर्कै वृक्षमा हुने फल फलाउने तुल्याउँछ । ऊ काल बेला, ठाउँ र प्राकृतिक अवस्था बुझ्दैन त्यसैले अलमलिएको छ । उसले सब कुरालाई कुरूप तुल्याउँछ र नाश गर्दछ । जुन कुरा नराम्रो र भयङ्कर छ त्यस कुरालाई मन पराउँछ । प्रकृतिले जुन बनाएको छ त्यो कुनै कुरा पनि ऊ रुचाउँदैन । आफ्नै सजातीय मनुष्य पनि उसको दृष्टिमा चढ्दैन । वातावरणलाई अशुद्ध पारेर प्रकृतिलाई हाँक दिएको छ मानिसले…
कचनकवल, ७ माघ । कचनकवल गाउँपालिकाले स्थानीय सरकारी तह सेवा ऐन, २०८० को दफा २७९३० अनुसार विभिन्न पदमा कार्यरत कर्मचारीहरूको पदोन्नति गरेको छ। गाउँपालिकाले कर्मचारीहरूको सेवा अनुभव, दक्षता, र कार्य प्रदर्शनको आधारमा उनीहरूको स्तर वृद्धि गरी सम्मान गरेको छ। यो निर्णयले कर्मचारीहरूको मनोबल बढाउनुका साथै संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको हो। गाउँपालिकाले दिएको जानकारी अनुसार, गोविन्द रिजाललाई लेखा अधिकृत–अधिकृत स्तर सातौंबाट लेखा अधिकृतरअधिकृत स्तर आठौंमा पदोन्नति गरिएको छ। उनी प्रशासनिक कार्यमा लामो समयदेखि सक्रिय भई गाउँपालिकाको प्रगतिमा योगदान दिँदै आएका थिए। यस्तै, प्रभाकर आचार्यलाई स्थानीय प्रशासनरलेखाको अ।ले।प। सहायकरसहायक पाँचौबाट अलेप अधिकृत–अधिकृत स्तर छैटौंमा पदोन्नति गरिएको छ। डोरकुमार…
चन्द्र बस्नेतकनकाई, ७ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को उपाधिका लागि मोरङको बेलबारी नगरपालिका र टिभिए सिक्किमको पाउना टोली भिड्ने भएका छन् । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएका दुई सेमिफाइनलबाट दुई टोली फाइनलमा प्रवेश गरेका हुन् । आज सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र बेलबारी नगरपालिका मोरङबीच भएको पहिलो सेमिफाइनलबाट २५–२१,२७–२५ र २५–१७ ले बेलबारी नगरपालिका मोरङ विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ भने आजै भएको दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिका झापालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टिभिए सिक्किमको पाउना टोलीले फाइनलका लागि बेलबारीसँगको भेट…
झापा, ७ माघ । झापाको बुद्धशान्ति–४ स्थित हापेन चोकमा आज बिहान बोलेरो र अटो एक आपसमा ठोक्किँदा भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेका छन् । बुधबारेबाट इलाम जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आएको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो सवार २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ। बोलेरोका चालक मेचीनगर–१२ निवासी ४० वर्षीय दिलकुमार थामी पनि उपचारमा रहेका छन् । यसैगरी, अटो चालक बुद्धशान्ति–४,…
मोरङ, ७ माघ । मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०६ गते भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी दुहवी नगरपालिका-४ का २५ बर्षीय मोहित यादवलाई १ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
धरान, ७ माघ । सुनसरीको धरान उप–महानगरपालिका–११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुस ०६ गते दिउँसो १ बजे प्रदेश १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदा पैदल यात्री स्थानीय ८६ वर्षीय वीरबहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न सवारी साधन र चालक धरान–८ का ४८ बर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
झापा, ७ माघ । तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ। पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा ४ ग ५८०१ नम्बरको बसबाट पृथ्वीराजमार्गमा पर्ने छबिसे पुग्दा सहचालक २६ वर्षीय सन्जीब बोहोरा बसबाट खसेका थिए । बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान अघि बढाइएको जनाइएको छ ।