
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कमल, १५ माघ–झापाको कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले मंगलबार ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित भवन उद्घाटन, शिक्षक तथा अक्षयकोष दाताहरु सम्मान, अक्षयकोष घोषणा, पुरस्कार वितरण र वृहत साँस्कृतिक कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको अध्यक्षतामा बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कमल गाउँपालिकाका प्रमुख हुकुमसिंह राई र गाउँपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारीले गर्नुभएको थियो । सो समारोहमा विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा कार्यरत…
जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ । अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् ः काम ज्वरोका लक्षण ःआँखा माथि फर्काउने ।हातगोडा सबै कम्पन हुने ।जिउ नै अररो हुने ।मुखबाट फिँज निकाल्ने ।छोड्ने यस्तो हुँदा के गर्ने ?बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । के नगर्ने ?आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू…
काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुना एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए । सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो,’ उनले भने, ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो ।’ उनले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए । गत उपचुनावमै त्यो प्रयास गरेको भन्दै उनले…
लेखनाथ, १२ माघ। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई हराएको छ । पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पहिलो खेलमा पहिला दुई सेट एपिएफले गुमाएको थियो । पछि उत्कृष्ट पुनरागमन गर्दै एपिएफ ३–२ सेटले जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो…
९० को दशककी फिल्म अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा जारी कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छन्। समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताएको छ। उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलामा किन्नर अखाडामा सन्न्यास लिएपछि उनलाई नयाँ नाम दिइएको हो। पिण्ड दान गरेपछि उनलाई किन्नर अखाडामा अभिषेक गरिएको थियो। मिडियासँग कुरा गर्दै अभिनेत्री ममता कुलकर्णीले भनिन्, ‘यो महादेव महाकाली र मेरो गुरुको आदेश थियो।’ आकाशतिर औंल्याउँदै उनले थपिन्, आज उहाँले रोजेको दिन हो, मैले केही गरिनँ।”
कञ्चनपुर, १२ माघ । कञ्चनपुरमा आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो । गएको माघ ९ गते ड्युटीमा रहेका बेला विष्ट आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । घाइते विष्टलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरिएको थियो ।रासस
बैतडी, १२ माघ । बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बैतडीकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक भने फरार रहेका छन् ।
झापा, १२ माघ । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भनिन्, “किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।” कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी…
बिरानगर, ११ माघ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादन प्रगति विवरणको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । माघ ११ गते कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भर्चुवल माध्यमद्वारा भएको प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्यहरुको विश्लेषणात्मक समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, भन्सार…
विराटनगर, ११ माघ । प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशन अन्तरगत आज उद्घाटन सत्र सम्पन्न भएको छ । मोरङको विराटनगरमा प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षता तथा सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यमा प्रदेश अधिवेशन सम्पन्न भएको हो । प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गिरी पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको बताउनुभयो । कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री एवम नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको…