झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माबनियानी, ६ माघ । नविनतम् प्रविधिबाट मकै खेती हुने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि कृषक उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ कृषक माता सोरेनले भन्नुभयो, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।” मकै खेतीका लागि एक बिघामा खनजोतमा मात्र रू १० हजारदेखि रू १२ हजार खर्च हुने उहाँले बताउनुभयो । “पहिलो पटक यसरी खेती गरिरहेको छु”, कमै उम्रिएपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो…

Read More

मेष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृष : अनावश्यक वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। मिथुन : सफल यात्राको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम रहला। सेवा र सहयोग गर्ने समय आएको छ। कर्कट : पुनर्मिलनको योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने…

Read More

झापा, ६ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२…

Read More

झापा, ६ पुस । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो । सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाउनुभएको छ । बिहान ४ देखि अबेर साँझसम्म उहाँको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ । “दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर…

Read More

झापा, ६ माघ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट पहिल्लो समय दैनिकजसो अवैध सामान बरामद हुन थालेको छ । शुक्रबार बेवारिसे अवस्थामा र अवैध मदिरा बरामद भएलगत्तै शनिबार पुनः करिब छ लाख रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । शनिबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचिनगर–६ स्थित हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याउदैं गरेको धोती कपडा ८ पिस, लेडिज ब्लाउज १० पिस, पेटिकोट ८ पिस, भेष्ट २० पिस, थानको कपडा १५ मिटर, लेह्ङगा २ पिस, डिनर प्लेट १२ थान, धाराको…

Read More

सुन्दरहरैँचा, ६ माघ । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा ९बच्चा०सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ । “हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।” नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा…

Read More

झापा, ६ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोको कारण तराईको जनजीवन प्रभावित भएको छ। देशका बाँकी भू९भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी…

Read More

झापा, ५ माघ । झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ। बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ। कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए। विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो। सोही विवादका…

Read More

चन्द्र बस्नेतकनकाई, ५ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आजदेखि शुरु भएको प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ मा चार खेल सम्पन्न भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा आज पहिलो दिनको खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका, बेलबारी नगरपालिका र शिवसताक्षी नगरपालिका विजयी भएका छ्न् । आयोजक भर्सेस मेचीनगरबीच भएको पहिलो खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका र उर्लाबारी नगरपालिकाबीच भएको दोस्रो खेलमा झापा गाउँपालिका, दमक नगरपालिका र बेलबारी नगरपालिका तेस्रो खेलमा दमक नगरपालिका उपस्थित नभएपछि वाक ओभरमा बेलबारी नगरपालिका सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठकले जानकारी दिनुभयो । त्यसैगरी, कनकाई नगरपालिका…

Read More

सङ्खुवासभा, ५ माघ । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो । शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताउनुभयो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको…

Read More