झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १० माघ । झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त अढाई करोडको लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्नसंगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ । मन्दिर उद्घाटनसंगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले आज (बिहीवार)…

Read More

बिर्तामोड, १० माघ । नेपाल भूतपूर्व सैनिक संघ झापाको छैटौं जिल्ला अधिवेशनले टेकबहादुर श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । सर्वसम्मत रुपमा गठित समितिको सचिवमा शेरबहादुर मादेन, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यहरुमा सलबहादुर गुरुङ, टिका बराल, दिलबहादुर खड्का, लक्ष्मी राई, कुमार गुरुङ, देबबहादुर चेम्जोङ, लक्ष्मी मादेन, गोपालधन गुरुङ, णकबहादुर खड्का, अरुण लिम्बू, उत्तरबहादुर गुरुङ, रिता मल्लिक, सुरजकुमार श्रेष्ठ, पूर्णबहादुर नगरकोटे मगर, दुर्गादेवी मगर, निर्मला प्रधान र रुपनारायण तामाङ निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक जलकुमार गुरुङले जानकारी दिनुभयो । अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमलकुमार गुभाजु, मेनबहादुर थिङ तामाङ, निर्मला गुरुङ, मनिकुमार राई, अमरसिंह आङदेम्बेलाई सर्वसम्मत रुमा चयन गरेको निर्वाचन समिति…

Read More

इलाम, १० माघ । इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेचीराजमार्गमा खटिएको प्रहरी टोलीले खैरो हिरोइन जस्तो लागुऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। माघ १० गते मध्यान्ह १२:४० बजे प्रहरी चौकी किटेनी इलामका प्रनानी राजन कटुवालको नेतृत्वमा खटिएको चेकिङ टोलीले झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५०७५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सूर्योदय नगरपालिका–६ कन्याम गुम्बाटोलका २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम खैरो हिरोइन जस्तो पदार्थ र नगद ४,८६५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकल चालक सूर्योदय नगरपालिका–८ डम्बुगाउँका ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम खैरो हिरोइन जस्तो पदार्थ…

Read More

झापा, १० माघ । युवा पुस्ताका चर्चित ¥यापर लाहुरे र गायिका साहिमा श्रेष्ठले जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’लाई थप रौनक प्रदान गर्ने भएका छन् । जसका लागि माघ ११ गते उनीहरु बिर्तामोडमा प्रस्तुतिका लागि आउने भएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने र ११ गतेका लागि लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो । विगतका वर्षमा पनि संघले आयोजना…

Read More

शिवसताक्षी, १० माघ । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. ८ ले राष्ट्रिय सूचना आयोगका सचिव कमलप्रसाद भट्टराईलाई सम्मान गरको छ । शिवसताक्षी ८ झिलझिले निवासी भट्टराईले नेपाल सरकारको निजामति सेवाको उच्च पदमा रहेर शिवसताक्षीको विकासका लागि विशेष योगदान पुर्याएकोमा सम्मान गरिएको हो । वडा नं. ८ को वडा कार्यालयमा एक कार्यक्रम गरी सचिव भट्टराईलाई वडाध्यक्ष सन्त फेउदिन, वडा सचिव पुष्प पाण्डेलगायतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेको थियो । कार्यक्रममा वडा नं. ८ वडाध्यक्ष सन्त फेउदिनले वडा नं. ८ का निवासी भट्टराई निजामति सेवाको उच्च पदमा पुग्नु नै हाम्रो लागि गौरव भएको बताए । उनले वडा तथा नगर विकासका लागि…

Read More

मेष : भाग्यले साथ दिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ। वृष : धार्मिक र सामाजिक महत्त्व बोकेको क्षेत्रमा भ्रमण हुन सक्छ। पुराना साथीभाइसित भेटघाट होला। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। मिथुन : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछ। कर्कट : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। मनोरञ्जनमा लाग्दा…

Read More

झापा, ९ माघ । टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ । टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको हो । काठले बनेको १२ तल्ले सो होटलमा आगलागीको समय बिदा मनाउन गएका २ सय ३४ जना रहेका थिए । टर्कीको आन्तरिक मन्त्रालयले आगलागी भएको केही घण्टामा १० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको थियो । तर होटलभित्र ठूलो संख्यामा मानिसहरु रहेका र काठको संरचना भएकाले छोटो समयमा नै मृतकको संख्या बढेको हो । होटलमा आगलागीभएपछि झ्यालबाट…

Read More

झापा, ९ माघ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् । पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय बताउनुहुन्छ । पुराण सुनेरै मानिस…

Read More

झापा, ९ माघ । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो । “स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उहाँले भन्नुभयो, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।” नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय…

Read More

झापा, ९ पुस । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले यतिबेला ९बुधबार बिहान० कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराई मधेसका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान पनि महाशाखाले गरेको छ। महाशाखाले बुधबार बिहान ६ बजे मौसम सम्बन्धि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै…

Read More