
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ३ माघ । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न…
झापा, ३ माघ (एजेन्स) । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । ‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे । सैफ अली खानमाथि चोरले आक्रमण गरे । उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । यी चोटहरू त्यति गम्भीर छैनन् । उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै…
बिर्तामोड, ३ माघ । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुधबार साँझ बिर्तामोड नगरपालिका–५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड–१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ९८० मिलिग्राम र प्लाष्टिक बाहेक ४२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी…
बिर्तामोड, ३ माघ । बिर्तामोड नगरअस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु…
चन्द्र बस्नेतकनकाई, ३ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण हुने भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा आगामी माघ ५ देखि ८ गतेसम्म कनकाई माविको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भारत सिक्किमको एक, कोशी प्रदेशभरिका १२ वटा पालिकाका टिम र आयोजकको एक गरी १४ वटा टिमको सहभागिता रहने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाठकले बताउनुभयो…
झापा, २९ पुस । झापाको बिर्तामोडमा मुख्य कार्यालयमा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारी अशेष थापा मगरले ९१ लाख २१ हजार ७०७ रुपैयाँ अपचलन गरेको भन्दै सरकारीले उक्त रकम असुलउपर गरिरहेको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदनको पेज नं. २८ र २९ मा ‘हाम्रो लेखापरीक्षणको क्रममा संस्थाको शनिश्चरे सेवा केन्द्रबाट कर्मचारी श्री अशेष थापा मगरले संस्थाको नाममा रहेको एक्सल डे बैंक शाखा कार्यालय शनिश्चरेको खाताबाट, संस्थाको सेवाकेन्द्र शनिश्चरेको लेजर, ऋण लगानी रकम र विभिन्न व्यक्तिको शेयर तथा बचत खाताबाट रु ९,१२१,७०७।०० को रकम अपचलन गरेकोमध्ये रु ३१४,५३२१०० बचत तथा शेयरको रकमबाट असुली,…
बिर्तामोड, २ माघ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान नहुने बताइएको छ । अध्यक्षमा सर्वसम्मत भएपछि कोषाध्यक्ष र सहसचिव तथा सदस्यमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । आठजना सदस्य पदमा १२ जना उम्मेदवारहरुबीच छलफल भइरहेको छ ।
झापा, २ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। कोशी प्रदेशमा आज दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना…
मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। एकोहोरो मायाले सताउनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ। वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद, धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला। मिथुन : अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यसँग भेटघाट हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धनलाभ हुन सक्छ। कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य…
झापा, २ माघ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। हिजो मूल्य बढेर अहिलेसम्मकै उच्च बनेको अमेरिकी डलर आज थप महँगिएको हो। त्यसैगरी हिजो बढेका कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य…