झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ असार । फिफा विश्वकप फुटबलमा बेल्जियम समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् । अनि न्यूजिल्याण्ड बाहिरिएको छ । आज बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । उसका ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एकरएक गोल गरे । न्युजिल्यान्डका एलिजाह जस्टले एक गोल फर्काए । समूह ‘जी’ कै अर्को खेलमा इजिप्ट र इरानले एक(एक गोलको बराबरी खेले । इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो । इजिप्टका महमुद साबेरले खेलको पाँचौँ मिनेटमा गोल गरी टोलीलाई…

Read More

काठमाडौँ, १३ असार । भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो…

Read More

काठमाण्डौ, ६ असार । काठमाण्डौबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई अहिले बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ४७ वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । लाजिम्पाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा ९क्रिप्टो०को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तारालालको स्रोत नखुलेको २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख…

Read More

फुङलिङ, ६ असार । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २४० मिलिग्राम पदार्थ बरामद भएको छ । पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –२ घर भई हाल फुङलिङ नगरपालिका –४ बस्दैआएका २३ वर्षीय सचिन लिम्बू साँवा र पाँचथरको हिलिहाङ गाउँपालिका –२ निवासी २१ वर्षीय रोशन लिम्बू रहेका छन् ।…

Read More

काठमाडौँ, ६ असार । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ । मन्त्रालयका अनुसार ब्लु…

Read More

झापा, ६ असार । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष…

Read More

गाईघाट, ६ असार । उदयपुरको उदयपुरगढी गाउपालिका–७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ। महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा. २ ख. ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नपा–२ महोत्तरीको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३१ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बर्दिवासका ६५ वर्षीय विमलेस दत्तको मृत्यु भएको छ । घाइतेहरूमा गौशाला–२ कि ३८ वर्षीया रसिलाकुमारी चौधरी र उहाँको छोरा १२ वर्ष को सन्देशकुमार चौधरी, ४५ वर्षको जितनप्रसाद यादव र निजको श्रीमती ३८ वर्षीया पिङ्की यादव हुनुहुन्छ। यसैगरी घाइते हुनेहरूमा वर्ष २४ कि किनितु…

Read More

झापा, ३१ जेठ । झापाको दमक नगरपालिकामा प्रतिबन्धित लागुऔषध बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार आज बिहान दमक नगरपालिका–४ अडियामल टोल निवासी ४२ वर्षीया रिता तामाङले लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा तामाङ सुत्ने कोठाको टेबलमुनि रहेको झोलाभित्रबाट Tramadol Hydrochloride Capsules IP Tramol-50 लेखिएको ३७ पत्तामा रहेका ३७० क्याप्सुल तथा Dicyclomine Hydrochloride Tablets IP SPASMID लेखिएको ५६ पत्तामा रहेका ५६० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिई…

Read More

बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिकाले नगरका दुई जना उत्कृष्ट गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फ वडा नम्बर २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक चुडामणी पौडेल र संस्थागत तर्फ वडा नम्बर ७ को कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक सागर कोईराला हुनुहुन्छ। शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माविले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन बोर्डिङले ३.६२ हासिल गरेका थिए। नगरपालिकामा आयोजित ‘शैक्षिक सत्र २०८३…

Read More