
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।” उहाँले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट…
झापा, १३ मंसीर । हङकङको ताइपोस्थित वाङफुक कोर्ट नामको आवासीय भवनमा बुधबार भएको भीषण आगलागीमा मृत्यु भएकाहरूको सम्झनामा शनिबार तीन दिनका लागि शोक सुरु गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार आगलागीमा परी अहिलेसम्म १२८ जनाको मृत्यु पुष्टि भएको छ भने अझै १५० जना बेपत्ता छन् । शनिबार बिहान तीन दिने शोक सुरुवात गर्दै हङकङका प्रमुख कार्यकारी जोन ली का–चिउको नेतृत्वमा अधिकारीहरूले सरकारको मुख्यालयमा ३ मिनेट मौन धारण गरे । सोमबारसम्म सबै १८ जिल्लामा बिहान ९ बजेदेखि राति ९ बजेसम्मका लागि शोक पुस्तिका राखिएका छन् । शनिबारदेखि सोमबारसम्म सबै सरकारी भवनमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । यसैबीच घटनास्थलको ब्लकमा भइरहेको…
झापा, १३ मंसीर । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए । मलेसियाका मोहम्मद अक्रामले एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा…
झापा, १३ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन…
झापा, १३ मंसीर । सुर्खेतमा भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । कालिकोटको शुभकालिका–६ हाउडी घर भएका ३४ वर्षीय आचार्य कालिकोटको ताडिस्थित रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष थिए । उनी सवार लु. ३६ प. ३८८६ नम्बरको स्कुटरलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–२ मा कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल २३ वर्षीय यामबहादुर शाहीले चलाएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पत्रकार आचार्यको निधनप्रति प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल…
झापा, १३ मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, १३ मंसीर । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएको हो । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएको छ । गत आव २०८१र८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएको छ ।
झापा, १२ मंसीर । झुम्का कारागार सुनसरीबाट फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका झापा शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बर बहादुर मगर (शम्भु मगर) लाई शुक्रबार दिउँसो करिब १२ः१० बजे नियन्त्रणमा लिइएको हो । कर्तव्य ज्यान कसुरमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका मगरलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार सुनसरी पठाइने प्रहरीले जानकारी दिएको छ ।
झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–५ सिटी सेन्टरस्थित अनुकुल इलेक्ट्रोनिक्स पसलमा आज बिहान आगलागी भएको छ । प्रहरीका अनुसार अर्जुनधारा–६ बस्ने सुनिल क्षेत्रीले सञ्चालन गर्दै आएको उक्त पसलमा बिहान करिब ८ः३० बजे सीसी क्यामेराको तार सर्ट भई आगो लागेको हो । आगलागीबाट करिब १ लाख बराबरको इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ। स्थानीयवासीको सहयोगमा करिब ८ः५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झापा, १२ मंसीर । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालि उद्योगको कामदार बस्ने दुईतले पक्की घरमा शुक्रबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार साँझ करिब ६ः४० बजे भुइँ तल्लाको भान्सा कोठाबाट ग्यास लिक भई अचानक आगो लागेको हो । स्थानीयबासीको सहयोगमा करिब ७ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट भान्सा कोठा र त्यससँगै टाँसिएको सुत्ने कोठा पूर्ण रूपमा जलेको छ । साथै, कामदारहरूको नगद रु १ लाख ५० हजार, लत्ताकपडा, तीन थान मोबाइल फोनसहित करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको…