
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ भदौ । नेपाल आयल निगमले आज भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । निगमले आइतबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको थियो । निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता÷वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ः०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ । ग्यास बिक्रेता÷वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण…
झापा, १ भदौ । नागको पूजा–आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदैछ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो । नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्वीर टाँसी पूजा गर्ने परम्परा छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायत जीवबाट दुःख नहुने र अग्नि, मेघ तथा चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा। डा। देवमणि भट्टराईले बताउनुभएको छ । वैदिककालदेखि नै नागपूजाको प्रचलन रहेको मानिन्छ । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नागलाई खुसी पार्दा…
झापा, १ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ । सोमबार देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी…
झापा, ३१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंहजस्ता राष्ट्रिय नेताहरूलाई निजीकरण गरेर घरभित्र कैद गर्न नहुने बताउनुभएको छ। नेपाली कांग्रेसका नेता धर्म गौतमद्वारा लिखित पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको चर्चा अहिले व्यापक रूपमा भइरहेको बताउनुभयो। बिपीका विचार र अभिव्यक्तिबारे दुई–तीन जना बसेर ‘बिपीले यसो भन्नुभएको थियो’ भन्ने गरिएको सुनिए पनि त्यसको आधिकारिकता पुष्टि गर्ने पुस्तक तथा दस्ताबेजको अभाव रहेको उहाँले बताउनुभयो। “दुई–तीन जना बसेर बिपीले यसो भन्नुभएको थियो भन्ने गरेको सुनिन्छ, त्यसको कुनै आधिकारिकता हुँदैन। कुनै पुस्तक हुँदैन, दस्ताबेज हुँदैन। त्यसका लागि पनि…
झापा, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनुभएको छ । एमाले झापाद्वारा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो । “हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ”, उहाँले भन्नुभयो, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।” नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष…
गोपाल पोख्रेलशिवसताक्षी, ३१ साउन । मेची अंग्रेजी बोर्डिङ स्कुल, शिवसताक्षी–१० को आयोजनामा लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसा न्यूनीकरणका उपाय, परिवार तथा समाजको भूमिका र युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्ने विषयमा छलफल गरिएको थियो। खेलकुद क्षेत्रका प्रतिनिधिले लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्धको अभियानमा खेलकुदले खेल्न सक्ने भूमिकाबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। युवालाई खेलकुदलगायत सिर्जनात्मक, रचनात्मक तथा अनुशासित गतिविधिमा सहभागी गराउन सके उनीहरूलाई दुर्व्यसनबाट टाढा राख्न महत्वपूर्ण योगदान पुग्ने वक्ताहरूको भनाइ थियो। कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक पदम कुँवरले प्रकाश पार्नुभएको थियो। कार्यक्रममा…
हल्दिबारी, ३१ साउन । स्थानीय तहको विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थालाई प्रभावकारी बनाउन पत्रकारिताको भूमिका अझ सशक्त हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार हल्दिबारी–२ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा सम्पन्न भएको हो। हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले पत्रकारिता निष्पक्ष र जिम्मेवार हुनुपर्ने बताउनुभयो। पत्रकार समाजको ऐना भएको उल्लेख गर्दै उहाँले पत्रकारले उठाएका विषयले सही सूचना प्रवाहसँगै सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो। अध्यक्ष लिङ्देनले हल्दिबारी क्षेत्रका पत्रकारले गर्दै आएका सकारात्मक कामको प्रशंसा गर्दै पत्रकारको हित…
पिंगलास्थानस्थित ‘फिल्म क्याम्पस’को स्टुडियो थिएटरमा जारी नाटक ‘शत्रु’को मञ्चन सकिएको छ । शनिबार २१ शो मञ्चन गर्दै नाटक सकिएको हो । २१ शोमा ४ हजार बढी दर्शकले नाटक हेरेको नाटकका कलाकार राजु राज पुरीले जानकारी दिए । नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद (बिपी) कोइरालाद्वारा लिखित चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’लाई श्रीकृष्ण शाहीले नाट्य रूपान्तरण गरेका थिए । राम भजन कामत र पुष्पराज अवस्थीको संयुक्त परिकल्पना तथा निर्देशन रहेको नाटक कक्षा १० को पाठ्य पुस्तकमा पनि छ । प्रल्हाद खरेल, विपुल थापा, रेश्मा भट्टराई, उत्सव बुढाथोकी, राजु राज पुरी, सञ्जय चौधरी, महेश खड्का, अभिभ घिमिरे, जय प्रकाश वि.क. र नेहा महरा लगायतका…
नरिवल पानी कम क्यालोरी भएको, प्राकृतिक पेय पदार्थ हो । यसमा शरीरका लागि आवश्यक धेरै भिटामिन, खनिज र इलेक्ट्रोलाइट्स हुन्छ । यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । म्याग्नेसियम सामान्य मांसपेशी र स्नायु कार्यको लागि आवश्यक छ । भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । त्यसैले यो प्राकृतिक र पौष्टिक पेय पदार्थलाई नियमित सेवनको लागि सिफारिस पनि गरिन्छ । नरिवल पानी पिउनुका अनेक फाइदा छन् । झन् यसलाई बिहान खाली पेटमा पिउँदा त शरीरले झन् धेरै फाइदाहरू पाउँछ । यस्ता छन् फाइदाहरू शरीरलाई छिटो हाइड्रेट गर्न मद्दत गर्न सक्छ,…
झापा, ३१ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।