jhapaonline add

दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ रु नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु स् १. प्रशस्त पानी नपिउनुअध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् । २. आइरनको कमीरगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् । ३. ब्रेकफास्टब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ…

Read More

झापा, ३ साउन । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ । कार्यालयका अनुसार गौरादह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । त्यस्तै, कचनाकवल गाउँपालिका–७ स्थित साविक बालुवाडी–९ र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने…

Read More

निशान निरौलाइलाम, ३ भदौ । हिकेस राईको निर्देशनमा तयार भएको ‘यो आँखाले’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ। गायक तथा संगीतकार पवित्र गुरुङको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा इलामका चर्चित कलाकार मुकेश गुरुङ र सिकुम्मा लिम्बूको मुख्य अभिनय रहेको छ। पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा सम्पूर्ण छायांकन गरिएको भिडियोमा अन्तुका रमणीय चियाबारी, प्राकृतिक सौन्दर्य तथा पर्यटकीय दृश्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा मुकेश गुरुङ र सिकुम्मा लिम्बूको जीवन्त अभिनयसँगै आकर्षक अनस्क्रिन केमेस्ट्री देख्न सकिन्छ। गीतको भाव र अन्तुको प्राकृतिक सौन्दर्यलाई संयोजन गरेर तयार पारिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै अन्तुको पर्यटन प्रवर्द्धनमा समेत योगदान…

Read More

इलाम, ३ साउन । जिल्ला भलिबल संघ इलामले जिल्लाभरका खेल शिक्षकलाई भलिबल प्रशिक्षण गराउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई भलिबल प्रशिक्षण गराउँदा विद्यालय स्तरबाटै भलिबल खेलाडी उत्पादन गर्न सहज हुने ठहर गर्दै सङ्घले शिक्षकलाई नै प्रशिक्षण दिन लागेको हो । सङ्घले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी भदौ १० गतेदेखि १५ गतेसम्म सदरमुकाममा प्रशिक्षण आयोजना गरिएको जनाएको छ । संघका अध्यक्ष प्रवीण गुरुङले जिल्लाका सबै पालिकालाई शिक्षक छनौट गरेर पठाउन पत्राचार गरिसकिएको बताउनुभयो । हरेक गाउँपालिकाबाट पाँच जना, नगरपालिकाबाट सात जना, प्याब्सन इलामबाट १० जना र नेपाली सेनाबाट दुई जनासहित ७० जना शिक्षकलाई प्रशिक्षण दिने तयारी…

Read More

एजेन्सी, ३ साउन । संयुक्त अरब अमिरेट्स (यूएई)ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ। समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो। यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यूएईको उक्त दाबीलाई अस्वीकार गरेका थिए। यूएईका अनुसार, तीमध्ये एउटा मिसाइल यूएईको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर खसेको थियो भने अर्को मिसाइल यूएईको जलक्षेत्रभित्र आएर खसेको थियो। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यूएई इरानको…

Read More

ताप्लेजुङ, ३ भदौ । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको हो । नाङ्खोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार बुधबार बिहान घरमा खाना तयार गर्ने क्रममा प्रेसर कुकर पड्किएर वृद्धा घाइते हुनुभएको हो । घाइते वृद्धा वडाध्यक्ष सुनुवारका आफ्नै आमा हुनुहुन्छ । दाल पकाएको कुकरको सिट्ठी बन्द भएको र सिट्ठी मिलाउन खोज्दा एक्कासी कुकर पड्किएर आमा घाइते हुनुभएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा आमाको दायाँ आँखाको डिल र दायाँ हातमा चोट लागेको छ । घाइते आमालाई जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएर उपचार…

Read More

इलाम, ३ भदौ । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारस्थित माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। कोशी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०८२–०८३ मा १७९ मिटर लामो पुल निर्माण गरिएको हो। पुल निर्माणमा ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय इलामले जनाएको छ। पुल बनेपछि वर्षायाममा राजदुवाली वा सिमलगोलाईको बाटो घुमेर जानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन्। मेची राजमार्गको इलाम–राजदुवाली सडक पहिरोका कारण अवरुद्ध भएपछि तिल्केनी–सिलपुर सडकखण्ड हुँदै झापा–इलाम आवतजावत गर्ने मोटरसाइकलका लागि समेत पुलसहितको यो मार्ग वैकल्पिक बाटो बनेको छ। स्थानीयका अनुसार अहिले दैनिक सयौँ मोटरसाइकल यही बाटो हुँदै आवतजावत गर्ने…

Read More

झापा, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा…

Read More

झापा, २ भदौ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से १९.३४ अङ्कले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले ओरालो लागेको छ । आज २१८ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज सगरमाथा जलविद्युत्को शेयर साढे १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर १५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ…

Read More

चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारीले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक टुर गर्ने भएका छन्। उनीहरूसँगै नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा साङ्गीतिक यात्रा गर्ने भएको छ। थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुन लागेको टुर अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र सांस्कृतिक माहोल प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। ‘दसैँ(तिहार धमाका यूएसए टुर २०२६’ नाम दिइएको कार्यक्रममा गायिका समीक्षा अधिकारी र शिव परियारले करिब २० शो गर्नेछन्। उनीहरूको साङ्गीतिक यात्रा आगामी सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट सुरु हुनेछ। त्यसपछि अक्टोबर २ मा कोलम्बस, अक्टोबर ३ मा एक्रोन, अक्टोबर ९ मा ह्यारिसबर्ग, अक्टोबर १०…

Read More