
काठमाण्डौ, ६ साउन । जिम्बावेमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल हरारेमा बेलुकी पौने ५ बजे शुरू हुनेछ । यी दुवै टोली फाइनलमा पुगिसकेका छन् ।
न्युजिल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । घरेलु टोली जिम्बावे ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

त्रिदेशीय टी–२० शृङ्खलाको फाइनल खेल आउँदो शनिवार हुनेछ । त्यसअघि लिग चरणको अन्तिम खेलमा पर्सि बिहीवार जिम्बावे र न्युजिल्यान्ड खेल्नेछन् ।
Facebook Comments Box

