
एजेन्सी, २५ साउन । गाजामा भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको थियो ।
घटनामा ३० जना घाइते भएका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ । खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं नागरिक सहायताको लागि भेला हुने गरेका छन् ।

पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसलाई लक्षित गरी आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

