
एजेन्सी, ३० साउन । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ ।
बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।
हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

